वन रक्षक पदको लिखित परिक्षाको लागि जान्ने पर्ने महत्वपुर्ण ६० प्रश्न र उत्तरहरु ।#sudurpaschim ban rakxek loksewa

 



1.वृक्षारोपण गर्दा खनिने खाल्डाको कति cm सम्मको माटो छुट्टै राखिन्छ ?

- 15 cm

2. नेपालमा खाल्डो खन्नको लागि कुन औजार प्रयोग गरिन्छ ?

- विशेष खालको कोदाली

3. कटिङ तयारी गर्नका लागि सबैभन्दा ठीक समय कुन हो ?

-माघ-चैत

4. कृतिम पुनरुत्पादन भनेको के हो ?

- विरुवा रोप्ने, वृक्षारोपन गर्ने

5. ठुलो बिरुवालाई काटछाँट गरी सानो बनाउने विधिलाई के भनिन्छ ?

- बोनसाईड

6. नराम्रो रोगी बिरुवाहरू हटाउनुलाई के भनिन्छ ?

- कलिङ

7. (अनावश्यक बिरुवाहरू हटाउने) बाक्लो रुखलाई पत्ल्याउने कार्यलाई प्राविधिक भाषामा के भनिन्छ ?

-थिनिङ

8. रुखको गुणस्तर बढाउन रुखमा मसिना हाँगाहरू छिमल्ने कार्यलाई के भनिन्छ ?

- पुर्निङ  

9. बिरुवाको जम्मा कतिवटा अवस्था हुन्छ ?

- ४ (बिरुवा, लाथ्रा, बल्लाबल्ली, रुख)

10. रुख भन्नाले के बुझिन्छ ?

- अतिको उचाइमा ३० cm वा सो भन्दा माथि व्यास भएको वा ८ मिटरभन्दा  बढी उचाइ भएकोलाई परिपक्वलाई रुख भनिन्छ

11. बल्लावल्ली (pole, खम्बा) भन्नाले के बुझिन्छ ?

-छातीको उचाइमा १० cm- २९.९ cm व्यास भएको वा (3-८ मिटरसम्मको उचाइलाई)

12. लाथ्रा भन्नाले के बुझिन्छ ? .

- अतिको उचाइमा १० cm भन्दा कम व्यास भएको वा (१-३ मिटरसम्मको उचाइलाई)

13. विरुवा भन्नाले के बुझिन्छ ?

- २० cm देखी १00 cm सम्म उचाइ भएको वा १ मिटरसम्म उचाइ भएकोलाई)

14. वन व्यबस्थापनको सिलसिलामाएक असल नोकर तर खराब मालिक" भनेर के लाई भनिन्छ ?

-आगो

15.वन क्षेत्रमा लाग्ने डढेलोको सन्दर्भमाआगो त्रिभुज" भन्नाले के बुझिन्छ ?

- ताप, इन्धन र अक्सिजन

16. डढेलोले कम प्रभाव पार्ने प्रजाती कुन हो ?

- सल्ला

17. के
कारणले चरा जनावरको गुंड तथा अण्डामा असर हुन्छ ?

- वनडढेलो

18. रुख घाँस नष्ट गर्दै विशाल रुप लिनेलाई के भनिन्छ ?

- डढेलो

19. वन डढेलो लाग्ने मुख्य कारण कति प्रकारका छन ?

- २ (प्राकृतिक र मानविय

20. वन डढेलो स्थान र प्रकृती अनुसार कति प्रकारका छन ?

-4

21. वन डढेलो सबैभन्दा बढी कस्को कारणले लाग्दछ ?

- मानविय

22. वनजंगलमा किन जानी जानी आगो लगाउँछन ?

- वन रक्षक वा वन व्यवस्थापन गर्नेलाई दोष देखाउन

23. वनक्षेत्रमा आगो लागेमा तत्काल खबर गर्ने निकाय कुन हो ?

-डिभिजन वन कार्यालय,वा नजिकैको प्रहरी कार्यालय

24. नेपालमा उच्च पहाडी क्षेत्रमा वनमा डढेलो लाग्ने प्रवल संभावना रहनको कारण के हो ?

- प्रशस्त रुखहरू हिउँ,हुरी बतासले र बुढो भै ढलेर लडिरहेका हुन्छन।

25: वनमा आगो लाग्ने सम्भावना कम गर्न मुख्य गर्नुपर्ने काम के हो ?

- सुकेको पतकर भईबाट हटाउने

26. नेपालको सबैभन्दा बढी वन डढेलोको चपेटामा परेको क्षेत्र कुन हो ?

- शिवाशिक र उच्च पहाडी क्षेत्र

27. वनजंगलमा घाँस काट्न दिंदा के कुरामा फाईदा हुन सक्छ ?

- आगोलागि कम हुन्छ।

28. के को आपसी सम्बन्धबाट आगो लाग्ने गर्छ ?

- ताप, इन्धन र अक्सिजन

29. जंगलमा प्रचुर मात्रामा के पाइन्छ ?

- इन्धन र अक्सिजन

30. हावामा कति प्रतिशत अक्सिजन हुन्छ ?

-21

31. वन डढेलो नियन्त्रणको लागि विपरीत दिशाबाट आगो लगाउने कार्यलाई के भनिन्छ ? .

- प्रतिरोधी अग्नि

32. वनमा आगो निभाउने कार्य कुन दिशाबाट प्रारम्भ गर्नुपर्दछ ?

- हावाको दिशाबाट

33. वन डढेलो नियन्त्रण गर्न जाँदा सर्वप्रथम हाम्रो लक्ष्य के हुनुपर्छ

- मानविय क्षति हुन नदिन

34. सार्वजनिक बिदाको घोषणा कुन मन्त्रालयले गर्दछ ?

 - गृह मन्त्रालय

35. जिल्लामा दङ्गाग्रस्त क्षेत्र कसले घोषित गर्दछ ?

- प्रमुख जिल्ला अधिकार

36. अपराध सम्बन्धि दसि, प्रमाण खोज्ने कार्यलाई के भनिन्छ ?

-खानतलासी

37. खानतलासी लिन घरभित्र प्रवेश गर्नुपर्दा कुन समय प्रयोग गरिन्छ ?

- सुर्यदयदेखी पुर्यास्तसम्म

38. महिलालाई पुरुषले कसरी पक्रनुपर्छ ?

- नआई अडिक रहेमा नारीमा समाइ ल्याउनुपर्छ

39 खानतलासी लिने कर्मचारिले खानतलासी लिंदा कम्तिमा कति साक्षी राखेर उक्त कार्य गर्नुपर्दछ ?

-2

40. गिरफ्तार गरिएको व्यक्तिलाई बाटोको म्याद बाहेक कति समयभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्दछ ?

- २४ घण्यभित्र

41. अनुसन्धान अधिकृतले मुद्दा हेर्ने अधिकारीको अनुमति लिएर सर्वप्रथम पक्राउ परेको मानिसलाई के गर्नुपर्छ ?

- थुनुवा पुर्जी दिनुपर्छ

42. अनुसन्धानका लागि कुनै व्यक्तिलाई पटक-पटक गरी बढीमा कति दिनसम्म हिरासतमा (थुनामा) राख्न सकिन्छ ?

- २५

43. अपराधसँग सम्बन्धित प्रमानको चिजवस्तुलाई के भनिन्छ ?

- दसीको सामान

44. दसीको मालसामान बरामद गरेपछी बनाईने मुचुल्कालाई के भनिन्छ ?

- बरामदी मुचुल्का

45. कस्तो कसुरदारलाई धरौटीमा छाड्न मिल्दैन ?

- पट्के कसुरदार

46: वन सम्बन्धि मुद्दामा अनुसन्धानको सिलसिलामा थुनामा राख्ने कार्यलाई के भनिन्छ ?

- हिरासत

47. हिरासतमा राखिएको व्यक्तिको हैसियत कुन हो ?

- अभियुक्त

48. हिरासतमा रहेको थुनुवालाई गर्न नहुने काम के हो ?

- कुटपिट गर्ने

49. हिरासतमा रहेको मानिसलाई कस्तो व्यवहार गर्नुपर्दछ ?

- मानविय

50. थुनुवा बिरामी भए वा नभएको कसरी जानकारी लिनुपर्छ ?

- समय समयमा थुनुवाहरूको स्वास्थ्य स्थितिको बारेमा निजहरूलाई नै सोधि जानकारी लिने

51. हिरासत कक्षमा हावा ओहोरदोहोर गर्नका लागि के हुनुपर्दछ ?

- भेन्टिलेसन

52. हिरासतको सन्दर्भमा सिदा भन्नाले के बुझिन्छ ?

- रासन

53. हिरासतको सरसफाइको जिम्मेवारी कसको हो ?

- गेमस्काउट

54. कुनै अपराध भएको, भइरहेको वा हन लागेको छ भन्ने थाहा पाउने

व्याक्तले सवुदसहित मौखिक वा लिखित
सुचना सम्बन्धित निकाय समक्ष दिने कार्यलाई के भनिन्छ ?

- जाहेरी दर्खास्त

55. अपराध अनुसन्धानको प्रस्थान बिन्दु के हो ?

- जाहेरी दर्खास्त

56. कुनै पनि घटनाको सत्यतथ्य पत्ता लगाउने सिलसिलामा घटनाका बारेमा  देखेजानेका स्थानिय व्यक्तिहरूको भनाईहरूलाई लिपिवद्ध गरी बनाइएको कागजलाई के भनिन्छ ?

- सरजमिन

57. नेपालमा कुन प्रकारको स्याम्पलिङ बढी प्रयोग गरिन्छ ?

- सिस्तमेतिक स्याम्पलिङ

58. सामान्यतया सामुदायिक वनमा वन स्रोत सर्वेक्षण गरी जानकारी सङ्कलन गर्नका लागि कुन स्याम्पलिङ विधि प्रयोग गरिन्छ ?

- सिस्तमेतिक स्याम्पलिङ

59. आफु बसेको ठाउँ पत्ता लगाउने उपकरण कुन हो ?

- जी.पी.एस

60. GPS को पुरा रुप के हो ?

- ग्लोवल पोजिसनिङ सिस्टम (Global Positioning System)

यो पनि पढ्नुहोस् ।

👇

वन रक्षक तयारी गर्नेहरुले जान्नै पर्ने ३६ प्रश्न र उत्तरहरु 

 

 

 


Post a Comment

Previous Post Next Post