म झोलाभरी किताब बोकेर स्कुलमा गएर दिनको ६–८ पिरियड पढ्थे । १० पन्नाको गृहकार्य गर्थे अहिले पनि स्कुलमा त्यस्तै हुने गरेको छ । यही रितले सिलसिला निरन्तर अगाडी बढाइरहेको छ । संसार बद्लिदै गएको छ तर हाम्रो शिक्षा पद्धति बद्लिएको छैन । हामी बर्षौसम्म अनुत्पादक शिक्षा पद्धतिमै समय बिताईरहेका छौ । म त यो पढाइ देखेर वाक्क भएको छु । जुन हाम्रो जिवनमा कहिल्यै प्रयोग हुँदैन हामी ति विषयहरु पढ्नमा यति धेरै समय बर्बाद गरिरहेका छौ ।
हामीले के पढ्ने भन्दापनि के सिक्ने महत्वपुर्ण कुरा हो । हामीले पढेर साईकल चलाउन जान्दैनौं । परिक्षामा घोकेर वा चित चोरेर सर्टिफिकेट हात पारिन्छ तर हामिसित जिवनका लागि आवश्यक ज्ञान र सीप हुँदैन । हाम्रो शिक्षा How to get a knowledge हैन , How
to get a number . How to make a computer हैन, How to look a computr यस्तो खालको शिक्षा छ ।
हाम्रो देशमा जसरी पनि पास हुँदै कक्षा चढ्नुपर्छ भन्ने अभ्यास गरिन्छ । वास्तवमा हाम्रो शिक्षाले सीपभन्दा पनि प्रमाणपत्र दिने काम गरेको छ । सिकाईभन्दा पनि पढाइ परिक्षा केन्द्रित पठनपाठनले बिधार्थीकोे सर्वाङ्गीन विकासमा बाधा त पुगेको छ नै‚ यसबाट हाम्रो शिक्षा प्रणाली “बेरोजगार उत्पादन गर्ने थलो” को रुपमा चिनिएको छ ।
नेपालको शिक्षा प्रणालीमा धेरै समस्याहरु छन । नेपालको पढाईमा समानता छैन । अहिलेको हाम्रो शिक्षामा विभेद पनि कायम छ । एउटा गरिब परिवारको बिधार्थीले डाक्टर‚पाईलट‚ इन्जिनियरिङ पढ्न सक्दैन । त्यसमा पैसा धेरै खर्च हुन्छ । पैसा हुनेले मात्रै राम्रो पढ्न पाउने नेपालको प्रणाली छ । नेपालको सबै नागरिकले आफुले पढ्न चाहेको विद्यालय र विषयमा नि:शुल्क रुपले पढ्न पाउनुपर्ने व्यवस्था गरिनुपर्छ ।
मुलुकलाई समृद्ध र उद्यमशिल बनाउने प्रमुख आधार नै शिक्षा भएकोले यसमा सुधार आवश्यक छ । शिक्षाको गुणस्तरमा हामी अरु देशभन्दा धेरै पछि छौ । हाम्रोमा एउटाले पढाउँछ‚ अर्कोले पेपर तयार गर्छ र अर्कोले जाँचेर बिधार्थीको मुल्यांकन गर्छ । यस्तो तरीकाले हामीलाई कहाँ पुर्याउँछ ?? हामी यो पुरै प्रणाली परिवर्तन गरेर नयाँ बाटो समाउनुपर्छ ।
गुणस्तरीय शिक्षा विना दक्ष जनशक्ति उत्पादन नहुने र त्यो विना देश विकास नहुने भएकोले शिक्षाको जगमैैै सुधार आवश्यक छ ।
लोकसेवा आयोगले प्रशासन शाखामा नासु हुन खोज्नेलाई अमेरिकाको राष्ट्रपति बाराक ओबामााको श्रीमतिको नाम के हो ? मंगल ग्रह कत्रो छ ? यसले कति फन्को मार्छ ? त्यसमा कुन ग्यास पाईन्छ ? जस्ता यस्ता खालका प्रश्न सोध्ने गर्छ । आखिरी यसको उत्तर कण्ठ गरेर के पो हुँदो रैछ र ?? यसले कार्यसम्पादनको कुनैेपनि ठाउँमा भुमिका निभाउँदैन रहेछ । जुन क्षेत्रको परिक्षा दिंदैछ त्यही क्षेत्रसँग सम्बन्धित प्रश्नपत्र बनाइयो भने मात्र क्षमतावान जनशक्ति निक्लने र काम गर्न पनि समस्या नहुने हुन्छ कि ! बिषयवस्तु अनुसारको प्रश्नपत्र त्यही किसिमले डिजाईन गर्ने‚ त्यही किसिमले नयाँ पुस्तालाई आकषिर्त गर्ने‚ सेवासुविधा वृद्धि गर्दै यसलाई आकर्षणको क्षेत्र बनाउन सकिन्छ‚ तर नीति निर्माताको ध्यान यहाँसम्म जान सकिरहेेको छैन ।
समयसापेक्ष र व्यवहारिक पाठ्यक्रमले मात्र हाम्रो मुलुकलाई विभिन्न क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ‚ तर हाम्रो शिक्षाले यि विषयलाई सम्बोधन गर्न सकिरहेको छैन ।
हाम्रो मुलुकमा परम्परागत शिक्षा पद्धति कायम छ‚ सैद्धान्तिक कुरामा बढी जोड दिइएको छ । व्यवहारिक शिक्षा फितलो छ । यसलाई पुरा गर्न मुलुकको माटो सुुहाउँदो उत्पादनमुलक‚सिपमुलक‚व्यवसायिक तथा प्राविधिक शिक्षामा जोड दिन आवश्यक छ ।
त्रिविको पढाई हेर्ने हो भने ३ वर्षको कोर्स ४ वर्ष र ५ वर्षको कोर्स ६ वर्षभन्दा बढी लाग्छ । पढ्दापढ्दै २५ वर्ष उमेर पुग्छ । अरु देशमा पढाई सकिनासाथ सम्बन्धित व्यक्तिले जागिर पाईहाल्छ तर यता भने पढाई सकिनासाथ कहिले जागिर खाने ? कहिले बिहे गर्ने ? कहिले छोराछोरी जन्माउने उसलाई सोच्नै हम्मेहम्मे पर्छ ।
जब एकदिन हामिले अध्ययन सिध्याउँछौ अनि त्यसबेला थाहा हुन्छ‚ कलेजको डिग्रीको सर्टिफिकेट हुनु वा राम्रो अंक हुनुको कुनै खास महत्व नहुने रहेछ । हामिले यहाँ राम्ररी पढ्दैमा र राम्रो अंक प्राप्त गर्दैमा सफलताको कुनै ग्यारेन्टी छैन । पढेर जागीर नै पाईन्छ भन्ने छैन । पढाई सकेर पनि जागीर नपाउँदा डिग्रीको सर्टिफिकेट झोलामा थन्काएर खाडीमा जानुपर्ने बाध्यता छ । स्वदेशमा रोजगारी नपाएर बाध्य भई विदेश जानेको संख्या बढ्दो क्रममा छ ।
विश्वविद्यालय तह पुरा गरेको जनशक्ति बेरोजगार हुनु र उद्यमशिल नहुनु विद्यालय देखी विश्वविद्यालय तहसम्मको पाठ्यक्रम र शैक्षिक क्रियाकलाप समाज अनुकुल नहुनु र उद्यमशिल नहुनुको उपज हो । त्यसमा झन बढ्दो विद्यालय तह र स्नातक पुरा गर्न साथ विदेश पलायन हुने बिधार्थीको संख्याले समग्र शिक्षा प्रणाली असफल भएको पुष्टी गरेको छ ।
पढाई सकिदा बित्तिकै लोकसेवामा नाम निकाल्यो. भने पनि त्यहाँ हामिले पढेको पढाई र त्यहाँ काम गर्ने तरिका फरक हुन्छ । पढाई र कामको तालमेल नै मिल्दैन । त्यसैले उसलाई काममा पोख्त हुन २—३ वर्ष लाग्छ । यो प्रशासनको मात्र नभएर अन्य कानुन र राजस्व क्षेत्रको पनि समस्या हो । कोहीकोही त सरकारी कामदेखी आजित भएर जागिर नै छोड्न बाध्य हुन्छन । विभिन्न निकायमा देखिएका यस्ता समस्याहरुको उचित तरिकाले समाधान गर्न जरुरी छ ।
सरकारले कर्मचारीको आधारभुत आवश्यकता सजिलैसँग पुर्ति गर्न सक्ने तलब भत्ताको व्यवस्था गरी भ्रष्टाचारीलाई कडा कानुनी सजायको व्यवस्था गर्नुपर्छ । कर्मचारीहरुले जनतालाई रुखो व्यवहार गर्ने‚ काममा ढिलासुस्ती गर्ने गर्न हुन्न । जनतालाई मुस्कान सहितको छिटोछरिटो सेवा प्रदान गर्नुपर्छ ।
वास्तवमा नयाँ पुस्तालाई कसरी आकषिर्त गर्न सकिन्छ‚ देशको विकास र प्रशासनको विकास गर्न सक्ने भिजन भएका जनशक्ति‚ कसरी उत्पादन गर्न सकिन्छ ? उनिहरुको कसरी वृद्धि विकास गर्न सकिन्छ भन्ने कुरा सोच्न आवश्यक छ । अब घोकन्ते र लेखन्ते भन्दा पनि राम्रो मध्येको उत्कृष्टलाई कसरी प्रवेश गराउन सकिन्छ त्यसको बारेमा सोच्न आवश्यक छ ।
शिक्षालाई संसारको गतिसँग प्रतिस्पर्धा गर्न सक्ने बैज्ञानिक‚प्राविधिक‚व्यवसायिक‚सिपमुलक‚ रोजगारमुलक एंव जनमुखी बनाउँदै सक्षम‚ पारदर्शि‚नैतिक एंव राष्ट्रिय हितमा समर्पित जनशक्ति तयार गरिनुपर्छ ।
नेपालको शिक्षा सिकाउने र सिक्ने तरिका वैज्ञानिक छैन । हाम्रोमा सिकाउने र सिक्ने परम्परागत र अव्यवहारिक विधि अपनाउने गरिन्छ । विदेशमा जुन आधुनिक व्यवस्था प्रणाली अनुसार सिकाउने र सिक्ने गरिन्छ । विधार्थीहरुलेे सिकाएको कुरा सजिलैसित सिक्न सक्दछन र सिकेको कुरा याद गरिरहन सक्छन ।
अमेरिकाको National institute ले मान्छेले कसरी छिटो सिक्न सक्छ र कसरी छिटो भन्दा छिटो सिकाउन सकिन्छ भनेर धेरै समय अनि पैसा खर्च गरेर अनुसन्धान गरेको थियो । अनुसन्धानकर्ताले लामो समयपछि एउटा परिणाम निकाल्न सफल भए । त्यो परिणाम बडो अचम्मको निकाले । बिधार्थी स्कुल कलेज जान्छन‚ बाबुआमाले सबभन्दा धेरै खर्च छोराछोरीको पढाईमा गरिरहेका हुन्छन । कलेज स्कुलको जुन घोकन्ते र लेखन्ते सिस्टम छ नि त्यो सिकाउने सबभन्दा थोत्रो सिस्टम हो । हामिले किन स्कुलबाट धेरै ज्ञान सिप प्राप्त गर्न सक्दैनौं भन्दा हाम्रो सिस्टम दुनियाँको सबभन्दा घटिया सिस्टम भनेर वैज्ञानिक रुपमा प्रमाणित भएको सिस्टममा हामी छौ । कलेज‚ स्कुलमा बसेर बिधार्थीले सुनेर सिक्ने भनेको जम्मा ५% मात्र हो ।
सुनेर भन्दा राम्रो के हो त ? स्कुलमा कलेजमा धेरै समय बर्बाद हुनेभयो पैसा धेरै खर्च हुनेभयो‚ धेरै ज्ञान नपाईने भयो‚ हात लाग्ने थोरै भयो‚ सुनेर राम्रो नहुने भयो यो भन्दा राम्रो तरिका के हो त यसको अनुुसन्धान भयो ।
अनुसन्धानबाट के थाहा भयो भने त्यो भन्दा डबल १०% सिक्नु आफैले पढ्नु हो । यसरी आफैले पढ्दा सुनेर भन्दा धेरै कुरा जानिन्छ । एलन मस्कले कलेज नगएर किताब पढेर रकेट बनाएका थिए । स्कुलमा जानुको साटो नेटमा अनि पुस्तकमा भएका कुरा आफै पढेर पनि धेरै कुराको ज्ञान प्राप्त गर्न सकिन्छ ।
यसैलाई बुझेर अचेल अमेरिका र युरोपका कतिपय स्कुलले अडियो भिडियो प्रयोग गरेर कक्षा संचालन गर्ने गर्दछन । हामिभन्दा उनिहरुले बढी सिक्नुको कारण हाम्रोमा घोक्ने चलन अझै कायमै छ । उनिहरुले सिकाईको यो घोक्ने तरिका सबैभन्दा कमजोर तरिका भनेर पत्ता लगाए । अडियो भिडियोको माध्यमबाट पढ्नुभन्दा छिटो सिकिन्छ‚ किनभने आवाजसँगै प्रत्यक्ष आँखाले चित्र पनि देख्न सकिन्छ । तस्विरको प्रयोगले छिटो सिकाउन मद्दत गर्दछ । जस्तोकि हामीले नेपाल पुरै देख्या छैन तर नेपालको झण्डा देख्नासाथ हामी नेपाल भनेर सम्झन्छौ । (यसरी सिक्ने भनेको ३०% हो )
अनुसन्धानकर्ताले यो भन्दापनि शक्तिशाली बाटो केही छ कि भन्दै खोजी गर्न थाले । अनुसन्धानबाट के थाहा पाए भने पढेको कुरा प्रयोग गरेरै देखाउन थाल्यो भने अझै बढी सिक्दो रहेछन । जुन कुरा भनेको छ त्यो गरेर देखाउने ।
यो भन्दापनि शक्तिशाली बाटो के छ त भन्दै अनुसन्धान भयो । सिकेको पढेको कुरा साथीभाइको बिचमा गएर छलफल‚बहस गर्यो भने पढेको ५०% कुराहरु सम्झना हुँदो रहेछ । त्यसैले हामीले पढेको सिकेको कुराहरुलाई तुरुन्तै छलफलमा ल्याउनुपर्छ । हरेक बाउआमाको चाहना छोराछोरीले धेरै पढेको हेर्ने मन छ । त्यसैले हरेक बाबुआमाले छोराछोरीले पढेको विषयमा छलफलको लागि समय दिनुपर्छ । स्कुलले विधार्थीलाई ५‚१०‚१५‚३० % मात्र सिकाएर पठाउँछ‚ यदि बाउआमाले साथ दियो भने हवात्तै बढेर ५०% ज्ञान उसले दिमागमा छिर्याउन सक्छ ।
वैज्ञानिकहरुले सबभन्दा राम्रो रिजल्ट निकाल्न खोज्छन् यत्तिमा मात्र उनिहरुको चित्त बुझेन अझै केही बाटो छ कि ताकि बिधार्थीले अझै छिटो सिकुन उनिहरुले ७५% सिक्ने बाटो फेला पारे । पढाएको कुरा फिल्डमै लगेर प्रयोग गराउने । जस्तोकि स्वास्थ्यको बारेमा पढाएको छ भने उसलाई फिल्डमै लगेर प्रयोग गराउने‚ कृषिको बारेमा पढेको कुरा खेतमै गएर गराउने गरियो भने ७५% कुरा बिधार्थीको दिमागले सम्झन्छ । यो अनुसन्धानबाट प्रमाणित भएको कुरा हो । अहिले धेरै स्कुलहरुले यो लागु गर्न खोज्दाखोज्दा अहिले सबभन्दा राम्रो कार्यान्वयन गर्ने स्कुल फिनल्यान्ड हो ।
फिनल्यान्डमा दिनको ४ घन्टा विद्यालय खुल्छ‚ फिनल्यान्डमा पाठ्यपुस्तक छैनन्‚ बिधार्थीलाई होमवर्क हुँदैन । तर नेपालमा त बाबुनानीलाई गृहकार्य भएन भने यो पनि पढाई हो र भनिन्छ । वास्तवमा गराउने प्राक्टिकल्लि हो ।
अचेल बिधार्थीहरुले धेरै कुरा नेट अनलाईनबाट सिक्छन् ति सिकेका कुरालाई प्राक्टिकल गराउन फिनल्यान्डका टिचरहरु तयारी भएर बसेका हुन्छन । बिधार्थीहरुले जे सिक्ने हो त्यो खोज्ने अनि त्यसलाई प्राक्टिकल्लि छलफल गर्न शिक्षकहरु तयार भएर बसेका हुन्छन । त्यसकारण फिनल्यान्डबाट उत्पादन भएका बिधार्थीहरु अहिले संसारको सबैभन्दा राम्रा बिधार्थी मानिन्छन । जहाँ पाठ्यपुस्तक नै छैन ।
अनुसन्धानकर्ताले यो भन्दा अझै पावरफुल सिस्टम १०० मा १०० प्रतिशत कुरा दिमागमा राख्ने कुनै सिस्टम छ कि भनेर खोजी कार्य जारी राखे । वैज्ञानिकहरुले खोजेपछी पाइहाल्छन उनिहरुले एउटा सिस्टम फेला पारे १०० मा १०० सकेनन् तर ९० % सम्म सके । त्यो तरिका हो हामिले सिकेको कुरा अरुलाई सिकाउने । हामी अरुलाई सिकायो भने उसले हामिलेभन्दा धेरै नम्मर प्राप्त गर्ला भनेर हामी अरुलाई फिटिक्कै भन्दैनौं । ज्ञान अरुलाई जति बाँड्यो उति बढ्छ ।
यो सिकाईको प्रकृयालाई बुझ्ने हो भने हामी कोही पनि असफल हुन पर्दैन ।
अनुसन्धान केन्द्रित शिक्षामा हामी शुन्य बराबर छौ । अनुसन्धान विनाको शिक्षा व्यवहारिक हुँदैन । शैक्षिक जनशक्तिले वास्तविक नेपाली समाजको यथार्थ पढ्ने र आफ्नो स्रोत साधन उपयोग गर्ने ज्ञान नपाउनाले नै यो शिक्षा प्रणाली असफल हुन गएको हो ।
हामी हाम्रो देश कृषि प्रधान देश भन्छौ । जिवन निर्वाह तथा संचालनको निम्ति कृषि नभैनहुने कुरा हो । धेरै नेपालीको जिवन निर्वाहको बलियो आधार कृषि हो । कृषि प्रधान देशको नागरिक हामी हामीले त कृषि क्षेत्रको बारेमा शिक्षा हासिल गर्न पाउनुपर्ने हैनर ? कृषि क्षेत्रमा उत्पादन कसरी बढाउने ? फलफुल‚अन्नबाली‚ नगदेवबालीहरुको उब्जनी के कसरी बढाउन सकिन्छ ? हामि कृषिमा कसरी आत्मनिर्भर बन्ने ? कृषिबाली उत्पादनको बेलामा के–कस्ता समस्याहरु देखा पर्न सक्छ र देखा परेका ति समस्याको समाधान कसरी गर्न सकिन्छ यसको बारेमा ज्ञान पाउनुपर्ने हो नि !
अहिले लाखौं युवाहरु विदेश पलायन भैरहेका छन‚ विभिन्न ठाउँमा खेतबारी बाँझो छ । हामी खाद्यान्न अन्नबालि‚तरकारी‚फलफुल‚मासुजन्य पदार्थ बाहिरी देशबाट आयात गरिरहेका छौ । हामी बाजेकै पालामा जस्तो खेति प्रणालीको अभ्यास गर्दा उब्जनी छैन । कुन ठाउँमा के उत्पादन गर्न सकिन्छ भनेर परिक्षण गरी वैज्ञानिक खेती प्रणाली लागु गरेर उत्पादन बढाउनुपर्ने हो तर त्यो हुन सकिरहेको छैन ।
कृषि सम्बन्धि कार्यक्रम‚योजना तालिमहरु संचालन हुनुपर्छ । यसका लागि राज्यले कृषि क्षेत्रको आधुनिकिकरण‚व्यवसायिकरण र बजारीकरण हुन त्यसतर्फ सम्पुर्ण युवा शक्तिको आकर्षण बढाउन जरुरी छ ।
हामिले विभिन्न मुलुकमा विकास गरिएका हाईब्रिक‚टिस्युकल्चर‚जेनेटिक प्रविधि भित्राएर कृषि उत्पादन बढाएर आवश्यकताभन्दा बढी उत्पादनलाई बाहिर निर्यात गर्नुपर्दछ ।
परम्परागत र निर्वाहमुखी खेति प्रणाली छोडेर आधुनिक वैज्ञानिक र व्यवसायिक खेति प्रणाली अपनाएर हामी उद्यमशिल‚स्वरोजगार‚ आत्मनिर्भर बन्नुपर्दछ ।
हाम्रो देश जलस्रोतको विश्वको दोस्रो धनि देश हो । हाम्रो देश नेपालमा ६००० भन्दा बढी नदिनाला छन । नेपालको नदिनालाबाट ८३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने अनुमान गरिएको छ ।
जलस्रोतको दोस्रो धनि देशका नागरिक हामीले बिधुत उत्पादन कसरी बढाउन सकिन्छ ? इन्धनको रुपमा बिजुलीको प्रयोग कसरी बढाउने ? स्वच्छ शुद्ध पिउने पानि सबैको पहुँचमा कसरी पुर्याउन सकिन्छ ? सिंचाइको सहज उपलब्धता कसरी गराउने ? डुबान‚बाढी नियन्त्रण रोकथाम कसरी गर्न सकिन्छ ? हामिले त यससँग सम्बन्धित शिक्षा पाउनुपर्ने हो । तर दु:खको कुरा हाम्रोमा त्यस्तो ज्ञान प्राप्त गर्ने शिक्षा प्रणाली छैन ।
नेपालमा बिधुतको अपार संभावना छ । जलस्रोतको उपयोग गरेर देशको मुहार फेर्न सकिन्छ तर बिधुत उत्पादनको संभावना जतिसुकै भएपनि त्यसको समुचित उपयोग गर्न सकिएन भने त्यो प्रशंग निरर्थक हुन जान्छ । खोलामा बगेको पानिको हिसाब गरेर देश र देशका नागरिक धनि हुने भए पहिल्यैे धनि बनिसक्थ्यो शायद ।
नेपालको बिधुत देश विकासको आधार बन्न सक्छ । ठुलो परिणाममा आयात भइरहेको पेट्रोलियम पदार्थलाई स्वदेशमा उत्पादित बिधुतले प्रतिस्थापन गर्न सकिन्छ । आयातित ग्यासलाई बिधुतले प्रतिस्थापन गर्न सकिन्छ । साथै हामिले बिधुत रेल‚मोनोरेल‚ पानिजहाज सञ्चालन‚घरघरमा बिधुतीय चुल्होको प्रयोग गरेर देशले व्यहोरेको व्यापार घाटामा कम गर्न सकिन्छ ।
नेपालमा उत्पादन हुने सबै बिधुत देशभित्र खपत हुन्न । देशको आवश्यकता पुरा गरेर आवश्यकताभन्दा बढी भएको बिधुत विदेश निर्यात गरेर आय–आर्जनका बाटाहरु खुलाउन सकिन्छ ।
बिधुत उत्पादन‚ जलयातायात‚सिंचाई‚ खानेपानि‚ माछापालन जस्ता व्यवसायबाट देशका नागरिकलाई रोजगारी दिन सकिन्छ । हामीले माछा पालनलाई प्राथमिकता दिएर विदेशबाट आयात रोक्न सक्यौ भने हाम्रो देश माछा व्यवसायमा आत्मनिर्भर बन्न जान्छ र बढी भएका माछा निर्यात गरेर आय–आर्जन बढाउन सकिन्छ ।
त्यसै गरी खोला‚नहर र पोखरीमा नौकाविहार‚जलपरिवहन‚र्याफ्टिङ जस्ता मनोरञ्जनात्मक गतिविधि संचालन गरेर आन्तरिक तथा बाह्य पर्यटक आकषिर्त गर्न सकिन्छ ।
हामिले जलस्रोतको उपयोग गरेर देशलाई विकासको बाटोमा अगाडी बढाउँदै देशबाट पलायन भैरहेको युवा जनशक्तिलाई देशभित्रै रोक्ने वातावरण मिलाउन सकियो भने परिणाम सकारात्मक हुनसक्छ । यसो गरेमा हाम्रो देश र हाम्रो देशका नागरिकहरु धनि बन्न सक्दछन ।