वन रक्षक तयारी गर्नेहरुले जान्नै पर्ने ६० प्रश्हरु र त्यसका उत्तरहरु

 


1. खोटो सङ्कलनका लागि योग्य रुख भन्नाले कस्तो रुखलाई मानिन्छ ?

- छातीको उचाई १ मिटर ३०से.मी. उचाइमा नाप्दा ३० से.मी भन्दा बढी व्यास भएको रुख

2. कस्ता रुख खोटो सङ्कलनका लागि छनौट गर्नु हुँदैन ?

- चोटपटक लागेको, टुप्पो भाँचिएको रुख र भु-क्षय हुन सक्ने स्थानमा रहेका रुख

3. कस्ता रुखलाई खोटो सङ्कलन नगरी माउ रुखको रुपमा राख्नुपर्दछ ?

- खोटो सङ्कलन गर्न योग्य रुख

4. खोटो सङ्कलनको लागि गरीने रुख छनौट लगायतका तयारीका सबै कार्यहरू प्रत्येक वर्ष कुन महिनासम्म गरीसक्नुपर्ने छ ?

-फागुनसम्म

5. खोटो सङ्कलन कुन महिनादेखी कुन महिनासम्म गरिन्छ ?

- चैतदेखी कात्तिकसम्म....(चैत १ देखी कात्तिक मसान्तसम्म)

6. आठ महिनाको एक सिजनमा (चैतदेखी कात्तिकसम्म)बढीमा कतिवटा सम्म रिल बनाउन सकिन्छ ?

-३२/३२ वटा

7. खोटो सङ्कलन गरीने क्षेत्रमा कति वर्षमा रुख गणना गरिनुपर्दछ ?

- कम्तीमा ५ वर्षमा

8. खोटो सङ्कलन गर्न तोकिएको वन क्षेत्रमा कतिवटा रुखलाई खोटो सङ्कलन नगरी माउरुखको लागि छोड्नुपर्दछ ?

-प्रतिहेक्टर ५ वटा

9. डिभिजन वन अधिकृतले वार्षिक रुपमा खोटो सङ्कलन नगरी राखिएको कति रुख अनुगमन गर्नुपर्दछ ?

- कम्तिमा पनि १० प्रतिशत  

10. बाटोको छेउको रुखबाट खोटो निकाल्न हुन्छ कि हुँदैन?

-  हुन्छ तर ब्लेज बाटोबाट नदेखिने ठाउँमा बनाउनुपर्दछ।

11. खोटो सङ्कलन निर्देशिका २०६४ अनुसार आंशिक रुपमा रुख बिरुवाले ढाकेको बिचबीचमा रहेको खाली ठाउँमा वृक्षारोपन गर्ने कार्यलाई के भनिन्छ ?

- अभिवृद्धि वृक्षारोपन

12. नेपालमा सबैभन्दा बढी वैज्ञानिक नाम भएको वनस्पति कुन हो ?

- गोब्रेसल्ला (वटा)

13. कुन प्रजातिको सल्ला विदेशबाट आयातित गरिएको हो ?

- पात्लेसल्लो

14. आयुर्वेदिक स्वास्थ्य विज्ञानमा क्यान्सरको औषधि बनाउन प्रयोग हुने वनस्पति कुन हो ?

- लौठसल्ला

15. लौठसल्लाको कुनकुन भाग औषधिको लागि उपयोगी हुन्छ ?

- हाँगा,पात र बोका

16. लौठसल्लाको पात,डाँठ र हाँगामा क्यान्सर निको पार्ने कुन रासायनिक तत्व पत्ता लागेको हो ?

- टेक्सोल

17. नर्सरीमा सल्लाको बिरुवा उमार्न माटो कहाँबाट ल्याउनुपर्छ ?

- सल्लाको वनबांट

18. सल्लाको विरुवा उत्पादन गर्न कुन माटो सङ्कलन गर्नुपर्दछ ?

- माइकोराजल माटो

19. नर्सरीको हेरचाह तथा रेखदेख गर्ने व्यक्तिलाई के भनिन्छ ?

- नर्सरी नाइके

20. नर्सरी स्थापना गर्दा कुन मोहडामा स्थापना गर्नुपर्छ ?

- दक्षिण

21. नेपालमा कति प्रकारको नर्सरी पाइन्छ ?

-२ (स्थायी नर्सरी,अस्थायी नर्सरी)

22. वृक्षारोपन नहुन्जेलसम्म राखिने नर्सरी कुन हो ?

- अस्थायी नर्सरी

23. नर्सरीको लागि झारपात हटाउन कति गहिरो खाल्दो खनेर माटो निकाल्नुपर्छ

-५०-00 Cm

24. नेपालमा नर्सरीहरूको प्रमुख समस्या के हो ?

- राम्रोसंग नर्सरी नबनाउने, राम्रोसंग बिउ सङ्कलन नगर्ने, बिउ रोप्ने  ठिक समयलाई ध्यान नदिने

25. नर्सरीको व्याडमा रहेको पोलिथिनको थैलिमा रहेको बिरुवाको जरा बाहिर गएकोमा काट्ने कार्यलाई के भनिन्छ ?

-जरा अंदने कार्य

26. नर्सरीमा मुसा छुचुन्द्रोको प्रकोप भए के को वार लगाउनुपर्छ ?

- तार जालीको बार जमिनदेखी मुनि ५ से.मी. सम्म गाड्नुपर्छ।

27. एउटा रुखको लागि खतरा के हुनसक्छ ?

-किराहरू, अति सुख्खा, डढेलो

28. रुखबाट फल टिप्ने उपयुक्त तरीका कुन हो ?

 - सीधै रुख चढेर टिप्ने

29. कस्तो रुखवाट विउ सङ्कलन गर्न हँदैन?

-अलिअलि मात्र फल लागेको, कलिलो रुखबाट

30. फल सङ्कलन गर्न धेरै ढिलो भएमा बिउको अवस्था के हुन्छ ?..

- चरा तथा किराफट्याङग्राले खाइदिने, ढुसीले आक्रमन गरेर कुहिने हुन्छ।

31. राम्रो गुण भएका रुखहरूवाट मात्र विउ सङ्कलन गर्नुपर्छ किन ?

- बिरुवाहरू मुल रुखहरू जस्तै गरेर बदने गर्छन।

32. कस्ता रुखहरू विउका लागि छनोट गर्नपर्छ ?

- उमारीएका बिरुवाहरू स्वस्थ र राम्रोसँग बदन सक्ने खालको हुनुपर्छ।

33. दाउराको लागि प्रयोग गरीने बिरुवा उत्पादन गर्नका लागि कस्ता रुखहरूबाट

विउ सङ्कलन गर्नुपर्दछ ?

- प्रशस्त हाँगा भएका

 

34. कुन तत्वको कमिले गर्दा फल पाक्न ढिला हन्छ ?

-फस्फोरस

35. जीवजन्तु तथा वनस्पतिको वातावरण तथा प्रकृतिसँगको अन्तसम्बन्धको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?

- Ecology

 

36 नेपालको पहिलो सुचना प्रविधि पार्क कुन जिल्लमा छ ?

- काभ्रे, बनेपा

37. नेपालको पहिलो ग्रामिण सुचना केन्द्र कहाँ स्थापना गरीएको छ ?

- पर्वत

38. नेपालको पहिलो वायु उर्जा केन्द्र कुन हो ?

- कागवेनी वायु उर्जा केन्द्र, मुस्ताङ

39. वायो भिलेज नमुना कार्यक्रम सञ्चालन गरिएको पहिलो जिल्ला कुन हो ?

- तनहुँ

40. खुर्सानी के-को कारणले पिरो हुन्छ ?

- क्याप्साईसिन

41. कुन यौगिकले गर्दा काँकोको फेद तितो हुन्छ ?

- कुकुरवियसिन

42. चियामा पाईने तत्वलाई के भनिन्छ ?

-टेनिन

43. कफीमा पाईने तत्वलाई के भनिन्छ ?

-क्याफिन

44. कुन रासायनिक पर्दाथले गर्दा सिस्नोले पोल्छ ?

- फर्मिक एसिड

45. गोलभेंडा कुन तत्वले गर्दा रातो हुन्छ ?

- एलाइकोपिन रसायन

46. कुन रासायनिक तत्वले गर्दा करेला तितो हुन्छ ?

 - मेमोरिडिसन

47. कुन तत्वको कारणले सुर्यमुखी फुल सुर्यतिर फर्किन्छ ?

- अक्सिन (Aurin)

48. जुनकिरीको पुच्छरमा कुन तत्वको कारणले गर्दा बत्ती बल्छ ?

- लुसीफेरीन

49. सुन्तलामा कुन ACID पाईन्छ ?

- साइट्रिक एसिड

50. मानिसको वैज्ञानिक नाम के हो ?

- Homo Sapiens

51. उल्लु (लाटोकोसेरा) को वैज्ञानिक नाम के हो ?

- Bubo bubo

52. अजिङ्गरको वैज्ञानिक नाम के हो ?

- Python molurus

53. Apis Indica कुन जीवको वैज्ञानिक नाम हो ?.

- मौरी

54. वर्तमान समयमा जडीबुटी, वनस्पतिबाट आधुनिक सुगन्धित तेल, क्रिम बनाउने कार्य कुन ग्रन्थको देन हो ?

-विज्ञानको

55. बास्नादार रसायनलाई कुन प्रक्रियाबाट अलग गरी सुगन्धित तेलको रुपमा जम्मा गरिन्छ ?

- वाष्पीकरण

56. नेपालमा जडीबुटी र सुगन्धित तेलयुक्त वनस्पतिको विस्तार कति उचाईमा रहेको छ ?

-७२-५५०० मिटरसम्म

57. नेपालमा कति प्रजातिका औषधिय जडीबुटीहरू प्रयोग हुँदै आएको छ ?

- ७०० भन्दा बढी

58. सबैभन्दा सानो जीवाणु कुन हो ?

- भाइरस

59. पृथ्वीको हरेक ठाउँमा पाईने सजीव कुन हो ?

- ब्याक्टेरिया

60. वायु प्रदुषणका कारणले मानिसलाई कुन रोग लाग्ने सम्भावना बढी हुन्छ ?

- श्वासप्रश्वास सम्बन्धि रोग 


यो पनि पढ्र्नुहोस् ।

  • वन रक्षक पदको तयारीको लागि लोग सेवा आयोगबाट सोधिएको ६० प्रश्नहरु important question for forest guard in nepal.

 

 

 

Post a Comment

Previous Post Next Post