काठमाडौ । सन् १८१४ मा भएको नेपाल-अंग्रेज युद्धमा आधारित फिल्म ‘नालापानी’ आगामी कात्तिक ४ गते प्रदर्शन हुने भएको छ ।
चलचित्र विकास बोर्डबाट ‘विशेष फिल्म-२०२०’को सम्मान प्राप्त गरेको फिल्मलाई रमेश अधिकारीले निर्देशन गरेका हुन् । शुक्रबार फिल्मको पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।
उक्त युद्धमा नेपालको नेतृत्व गर्दै बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइलाइ आधार बनएर फिल्म निर्माण गरिएको निर्देशक अधिकारीले हानकारी दिए ।
‘नेपाली वीरताका गाथा तथा नेपाली सेनाको इतिहास समेटिएकाले विद्यार्थी तथा देशका उच्च ओहोदामा बसेकाले पनि ‘नालपानी ’ हेर्दा राम्रो हुन्छ,’ अधिकारीले भने ।
धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालपानीका नायक विर बलभद्र कुवर’ पुस्तकमा फिल्म आधारित रहेको जनाइएको छ । फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाहि, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पुजना प्रधान लगायतको अभिनय रहेको छ । सभार अन्लाईन खबर
