वन रक्षक पदको तयारीका लागि जान्नै पर्ने १०० प्रश्नहरु

 


. नेपालको कुल क्षेत्रफल कति रहेको छ ?

- ,४७,१८१ वर्ग किलो मिटर (५६,८२७ वर्ग माईल) (नापी विभागले प्रस्ताव गरेको नयाँ क्षेत्रफल १,४८,00६.६७ वर्ग कि.मि.) 

. नेपालको पूर्व पश्चिम लम्बाइ औसत कति छ ?

 -८८५ किलो मिटर

. नेपालको उत्तर-दक्षिण चौडाई औसत कति छ ?

 - १९३ किलो मिटर

. नेपालको सबैभन्दा ठुलो प्राकृतिक सम्पदा कुन हो ? 

 - वन

.नेपालको सबैभन्दा महत्वपूर्ण प्राकृतिक सम्पदा कुन हो ?

- जलस्रोत

. जलस्रोतमा ब्राजिलपछि विश्वको दोस्रो धनी देश कुन हो ? - नेपाल

.जैविक विविधताको हिसाबले नेपाल विश्वको कति औ स्थानमा पर्दछ ?

२५

. जैविक विविधताको हिसाबले नेपाल एसियाको कति औ स्थानमा पर्दछ ?

-

. जलसम्पदाको दृष्टिले एसियाको सबैभन्दा सम्पन्न राष्ट्र कुन हो ?

- नेपाल

१०.एसियाको स्विट्जरल्याण्ड भन्नाले कुन मुलुकलाई चिनिन्छ ?

- नेपाल

११. समुन्द्री सतहबाट नेपालको दुरी कति टाढा रहेको छ ?

-,१२७ कि.मि.

१२. सुगौली सन्धि अघि नेपालको क्षेत्रफल कति थियो ?

- ,०४,९१७ वर्ग कि.मि.

१३. भौगोलिक अवस्थितिका आधारमा नेपाल कस्तो राष्ट्र हो ?

-भूपरिवेष्टित

 १४. नेपालको सर्वप्रथम सुर्योदय हुने ठाउँ कुन हो ? \

- इलामको अन्तुडाँडा

१५. नेपाल पृथ्वीको कुन अक्षांशमा पर्दछ ?

- उत्तर अक्षांश

१६. नेपाल कुन देशान्तमा पर्छ ?

- पूर्वी देशान्तर

१७. नेपालको सबैभन्दा मध्य भागमा पर्ने ठाउँ कुन हो ?

-पोखरा

१८. प्रकृतिको वरदान, प्रकृतिको कृडास्थल . भनेर नेपालको कुन ठाउँलाई चिनिन्छ ?

- पोखरा

१९. (पहिलो पर्यटक गाउँ) दक्षिण एसियाको पहिलो होमस्टे गाउँ कुन हो ? .

- सिरुबारी, स्याङजा

२०. (रेड भिलेज) सार्क राष्ट्रकै नमुना गाउँ कहाँ रहेको छ ?

- घलेगाउँ, लमजुङ

२१. प्रसिद्ध पर्यटकिय गाउँ धान्द्रुक कुन जिल्लामा पर्छ ?

- कास्की 22. - नेपालको सुर्योदय दर्शनिय स्थल कुन हो ? - नगरकोट र इलामको अन्तुडाँडा

 

 

२३. नेपालको सबैभन्दा बढी हिमाल देखिने ग्रामिण पर्यटकिय स्थल कुन हो ?

- स्याङ्जाको पञ्चासे

२४. विश्वको सर्वाधिक उचाईमा रहेको मानव बस्ती कुन हो ?

- डोल्पाको अभिोट

२५. नेपालको सबैभन्दा ठुलो चउर कुन हो ?

- चित्लाङको पूरानो भेडा फार्म (मकवानपुर)

२६. विश्वको गहिरो उपत्यका कुन हो ?

अरुण उपत्यका

२७. नेपालको सबैभन्दा ठुलो उपत्यका कुन हो ?

- दाङ

२८. आकाश र पृथ्वी जोडिएको जस्तो देखिने ठाउँलाई के भनिन्छ ?

- क्षितिज

२९.अस्ताउने बेलाको सुर्यलाई के भनिन्छ ?

- गोधुली

 ३०. प्रकाश छेकी बनेको छायालाई के भनिन्छ ?

- ओझेल

३१. मध्यान्हको समयलाई के भनिन्छ ?

- छकाल

32. विश्व सिमसार दिवस कहिले मनाइन्छ ?

- फेब्रुअरी २ तारीख

33. कति जातका घर्षने प्राणि संरक्षित सुचिमा सुचिकृत भएका छन ?

-३ (अजिङगर, घडियाल गोही, सुनगोहोरो)

34. नेपालको सबैभन्दा धेरै वनको क्षेत्रफल भएको जिल्ला कुन हो ? - कैलाली

35. नेपालको सबैभन्दा कम वनजंगलको क्षेत्र भएको जिल्ला कुन हो ?

भक्तपुर

36. राष्ट्रिय प्रकृति संरक्षण कोषको संरक्षक को हुन्छ ?

- प्रधानमन्त्री

37. नेपालमा वन डढेलो उच्च अवस्थामा रहने समय कुन हो ?

-चैत -वैशाख

३८.चिडियाखाना कुन निकाय अन्र्तगत पर्दछ ?

- राष्ट्रिय प्रकृती संरक्षण कोष

39. नेपालको सबैभन्दा ठुलो संरक्षित वन कुन हो ?

- वसन्ता

40. नेपालमा कति प्रकारका पारीस्थितीक प्रणालीहरू पाइन्छन ?

- ११२

41. नेपालमा वन्यजन्तु सप्ताह कहिले मनाइन्छ ? 

- वैशाख १ देखी ७ गतेसम्म

42. नेपालमा वन डढेलो व्यवस्थापन सचेतना कार्यक्रम कहिले मनाइन्छ ?

-चैत्र १ देखी ७ गतेसम्म

43. हाब्रेलाई अर्को के नामले पनि चिनिन्छ ?

- रातो पाण्डा

44. नेपालको पहिलो संरक्षित 'काक्रेविहार वन' कुन जिल्लामा पर्दछ ?

- सुर्खेत

 45.शुक्लाफाँट राष्ट्रिय निकुञ्ज के का लागि प्रसिद्ध छ ।

-बाह्रसिंगे

 46. कोसीटप्पु वन्यजन्तु आरक्ष के का लागि प्रसिद्ध छ ?

 - अर्ना

47. चितवन राष्ट्रिय निकुञ्ज के का लागि प्रसिद्ध छ ?

-एकसिंगे गैंडा

 

48. आफ्नो उत्पक्ति स्थानमा मात्र पाइने वनस्पति वा वन्यजन्तुलाई के भनिन्छ ?

- रैथाने

49. एक आपसमा प्रजनन गर्न सक्षम जीव तथा वनस्पतिहरूको समुहलाई के भनिन्छ ?

- प्रजाति

50. दुर्लभ तथा सङ्कट ग्रस्त जीवजन्तुको अवैध कारोवार तथा ओसारपसार नियन्त्रण महासन्धी कुन हो

- साइतिस महासन्धी

51. रामसार के हो ?

- सिमसारसंग सम्बन्धित अन्तराष्ट्रिय महासन्धि

52. चुरे क्षेत्रको भु-बनोट कस्तो प्रकारको रहेको छ ?

 - कमजोर र कमलो भु-क्षेत्र

53. पुच्छरको सहायताले रुखमा चढ्ने जनावर कुन हो ?

- काठेभालु

54.भालु के का लागि मारिन्छ ?

- पित्तथैली

55. हिमालकी रानी भनेर कुन जनावरलाई भनिन्छ ?

- हिउँचितुवा

56. तराइदेखी हिमाली क्षेत्रसम्म पाइने चितुवाको प्रजाति कुन हो ?

- ध्वाँसे चितुवा

57. बिरामी जनावरलाई कसरी चिन्न सकिन्छ ?

-धुल्मुलिदै हिँडेको देखेर

58.कस्ता वन्यजन्तुलाई नियन्त्रणमा लिनुपर्दछ ?

- घाइते र सङ्कटमा परेका

59. वन्यजन्तु व्यवस्थापन भन्नाले मुख्य गरी के व्यवस्थापन गरिन्छ ?

-बासस्थान

60. पहाडकी रानी (Queen of the hill) भनेर कुन ठाउँलाई चिनिन्छ ?

- दार्जिलिङ

61. वर्षभरी हरियो हुने वनलाई के भनिन्छ ?

- सदावहार वन

62. वर्षको एकपटक खासगरी हिउँदमा पातहरू झरेर केही समय नाङ्गै देखिने रुख बढी मात्रामा भएको वनलाई के भनिन्छ ?

- पतझड वन

63. जलकमल, हाईड्रिला, जलकुम्भी के हो ?

-जलिय वनस्पति

64. जमिन र पानी दुवैमा बस्ने जीवलाई के भनिन्छ ?

- उभयचर

65. शाकाहारी र मांसाहारी दुवै समुहमा पर्ने जीवलाई के भनिन्छ ?

-सर्वहारी

66. एकपटक प्रयोग गरीसकेपछी पुनः अर्को पटक प्रयोग गर्न सकिने प्राकृतिक स्रोत साधनलाई के भनिन्छ ? ..

- नवीकरणिय

67. नेपालको उचाई कति रहेको छ ?

-५८ मिटरदेखी ८,८४८.८६ मिटरसम्म

68. नेपालको पुर्वदेखी पश्चिमसम्म फैलिएको भौगोलिक क्षेत्र कुन हो ?

- तराई, शिवालिक, मध्यपहाड उच्च पहाड र उच्च हिमाल

69. नेपालको अचम्मलाग्दो भौगोलिक विविधताको क्षेत्र कहाँदेखी कहाँसम्म फैलिएको छ ?

- उष्ण क्षेत्रको समतल भु-भागदेखी हिमालय क्षेत्रमा

 

70. नेपालमा ५ हजार मिटरभन्दा माथिको भु-भागमा कस्तो प्रकारको वनस्पती पाईन्छ ?

-टुन्ड्रा

71. साउन भदौ महिनामा कुन ऋतु पर्दछ ?

- बर्षा

72. नेपालको कति प्रतिशत भु भाग पहाडी क्षेत्रमा पर्दछ ?

-६८ प्रतिशत

73. नेपालमा हावापानीको आधारमा पाईने वनस्पतीहरूलाई कति भागमा

विभाजन गरिएको छ ?

-

74.वनको प्रगती, समसामयिक लेख आदि समेटिएको वार्षिक रुपमा प्रकाशन हुने एउटा जानकारी मुलक प्रतिवेदन कुन हो ?

- हाम्रो वन

75. वन विकाससँग सम्बन्धित कुन पत्रिका प्रकाशित हुन्छ ? . .

- हाम्रो कल्पवृक्ष

76. रेडियो नेपालबाट प्रसारण हुने वनसँग सम्बन्धित कार्यक्रम कुन हो ?

- वन वाटिका

77. रेडियो नेपालबाट वन वाटिका कार्यक्रम कहिले प्रसारण हुन्छ ?

- हप्ताको प्रत्येक बुधवार बेलुका ७:३५ मा

78. वन वाटिका कार्यक्रम कुन कार्यक्रम हो ?

-श्रव्य

79.श्रव्य टेलि चलचित्र 'रेञ्जर' कस्तो सामग्री हो ?

-श्रव्य र दृश्य

80. स्थानिय स्तरमा वन विकास कार्यक्रम संचालनको लागि कुन माध्यम . प्रभावकारी हुन्छ ? .

- जिल्लामा भएका एफ.एम. हरू

81. हाल नेपालमा वन पैदावारमा आधारित कुन उधोगको संख्या बढी रहेको छ ?

- स.मिल

82. वन संरक्षणको लागि वन क्षेत्रको प्रमुख समस्या कुन हो ?

- वन अतिक्रमन

83. वन कसरी जोगाउन सकिन्छ ?

-चोरीशिकारी, अति चरिचरन, आगोलागि र वन अतिक्रमन रोकेर

84.. वन अपराध भनेको के हो ?

- विना ईजाजत काठ सङ्कलन गर्नु, विना ईजाजत रुखको कयन गर्नु, विना ईजाजत जडीबुटी सङ्कलन गर्नु

85.कन वनस्पतिको काठ सलाई बनाउन प्रयोग गरिन्छ ?

- सिमल

86. गिद्धको बासस्थान भनि कुन रुखलाई चिनिन्छ ?

- सिमल

87 कुन प्रजातिको फल साबुन बनाउनको लागि प्रयोग गरिन्छ ?

-रिवठा

88. रिट्ठाको कुन भाग उपयोगी हुन्छ ?

- फल

89.पालिसको लठ्ठी बनाउन प्रायजसो कुन बिरुवाको प्रयोग गरिन्छ ?

- घंघारू

90 ठेकी बनाउन कुन रुखको काठ प्रयोग गरिन्छ ?

- दार (गिठा)

 

91. कुन वनस्पतिको काठ क्रिकेटको ब्याट बनाउन प्रयोग गरिन्छ ?

-बैंस

 92. विश्वमा सबैभन्दा छिटो बढ्ने रुख कुन हो ?

- पाउलोनिया/बोधसाल

93. फर्निचरको लागि राम्रो हुने प्रजाति कुन हो ?

- सिसौ र सतिसाल

94. नेपालमा चिया बगानको लागि सुहाउँदो बिरुवा कुन हो ?

- सिसौ

95. नेपालमा सबैभन्दा बढी वृक्षारोपन गरीएको प्रजाति कुन हो ?

- सिसै

96. आयतनको आधारमा तराइको वनमा पाइने सबैभन्दा बढी आयतन कुन प्रजातिको हुन्छ ?

- साल

97. नेपालमा सबैभन्दा बढी कुन प्रजातिको वन पाइन्छ ?

- साल

98. सालको अर्को नाम के हो ?

- सखुवा अग्राख

99. सालको अङ्ग्रेजी नाम के हो ?

- रोजउड

100. साल प्रजाति कुन किसिमको वर्गमा पर्छ ?

-पतझड (छोटो समयको लागि पतझड हुन्छ)


Post a Comment

Previous Post Next Post