आफ्नो विषयमा भनिएका कुरा सुनौं सुझावबाट केही सिकौँ

 'कुनै कुरा नजान्नु नराम्रै कुरा हो, तर जान्ने इच्छा नराख्नु त्योभन्दा पनि नराम्रो कुरा हो'

      

       हरेक मानिसको मस्तिष्कमा एउटा तस्बिर हुन्छ, जसले गर्दा हरेक व्यक्तिले आफूलाई देख्न सक्दछ । उसको यस्तो चित्रमा सम्बन्धित व्यक्तिको मूल्य, मान्यता, व्यवहार र उसको छवि पनि समाहित भएको हुन्छ । धेरैजसो विषयमा चुक्नेखालका नेताहरू गुणात्मक दोपदेखि अनजान हुन्छन् । उदाहरणका लागि- 'जुन मानिसले अरू मानिसका सुझावलाई तुरुन्त खारेज गर्छ वा वेवस्ता गर्छ, उसले यस कुरालाई स्वीकार गर्छ, उसमा कति धेरै अनुभव छ, कुन विचार उपयुक्त छ र के कुराले गर्दा असफल भइन्छ भन्ने थाहा पाउँछ तर यस्ता मानिसले यो कुरा भने थाहा पाउँदैनन् कि उनीहरूलाई अरू मानिसहरूले कुन रूपमा हेर्छन् । जसले अरू व्यक्तिका सुझाव मन पराउँदैनन्, यस्तो स्थितिमा ती मानिसहरूले कसरी आफूले-आफूलाई परिवर्तन गर्न सक्छन् ?

अतिरिक्त कक्षा, सामूहिक चर्चा र सर्वेक्षणहरूबाट प्राप्त भएका सुझावले जानकारीहरू दिन्छन् । यसवाट जेजस्ता सुझाव प्राप्त हुन्छन्, तिनीहरू नेताका मान्यताभन्दा विपरीत हुन्छन् । यसबाट द्विविधा उत्पन्न हुन्छ अनि जुनसुकै काममा पनि बाधा आउन सक्छ । हुन त नेतृत्वसित अनेकौँ मनपर्ने पक्षहरू हन्छन्, तिनीहरूलाई यसरी छान्न सक्छन् :

पहिलो : सूचनालाई अस्वीकार गर्नु- यदि कसैले यसो गर्न चाह्यो भने पनि सही सूचना या कसैको सन्देश एकभन्दा धेरै विश्वसनीय सूत्रको रूपमा प्राप्त भयो भने त तिनीहरूलाई नकार्न मुश्किल नै हुन्छ ।

दोस्रो : सूचना दिने व्यक्तिहरूको विचारहरूलाई बदल्ने शिक्षा- कुनै नेतृत्वमा रहेको व्यक्तिले सूचना या सन्देश दिने व्यक्तिसित यसो भन्न सक्छन्, "ठीक छ, म अहङ्कारी छु, त्यसैले यस्तो सोच्छु, मेरो विचारमात्र ठीक छ । हुन सक्छ धेरै मानिसले त्यसलाई अस्वीकार्य र अतार्किक सम्झिन सक्छन् ।

तेस्रा : व्यवहार परिवर्तन गर्नु- विरोधाभषी सूचना पाउने धेरैजसो व्यक्तिहरूको निम्ति सबैभन्दा सजिलो विकल्प हो, उनीहरूले आफ्नो व्यवहारलाई बदल्नु । यही नै सुझावको शक्ति हो ।

सबै प्रकारका सुझाव तथा सूचनाहरू उस्तै उपयोगी हुँदैनन्, जुनसुकै सुझाव पनि त्यतिखेर अति नै महत्त्वपूर्ण र बहुमूल्य हुन्छन् । जब तिनीहरू विशिष्ट हुन्छन्, विषयसित सम्बन्धित हुन्छन् र व्यक्तित्वका सामान्य लक्षणबाहेक व्यवहार वा प्रक्रियासित सम्बन्धित हुनुपर्छ । धेरै उपयोगी सुझावहरू प्रयासका तीव्रतामाथि प्रयोग गरिएका नयाँ तरिकाहरूमा या अप्ठ्यारा समस्याबाट पारपाउनका निम्ति अनेकौं क्षमतामाथि केन्द्रित हुन्छन् ।

- यदि कुनै बच्चासित यसो भनियो भने त उसलाई यसरी भनिन्छ'स्यावास तिमीले यस विषयमा धेरै मिहिनेत गरेका रहेछौ ।' त्यो बालक यस्तो वाक्य सुनेपछि भविष्यका चुनौतीको सामना गर्नका निम्ति तयार हुन्छ । यदि उसलाई 'तिमी त धेरै स्मार्ट छौ' भनियो भने सुझाव दिने तरिकाको बीचमा अलिकति फरक छ, तर यसले मानिसको क्षमताप्रतिका दृष्टिमा गम्भीर रूपले प्रभावित गर्छ । सबै मानिसले यस किसिमका सुझावलाई मन पराउदैनन् । केही व्यक्ति सकारात्मक सझुावबाट उत्साहित हुन्छन् । यस्ताखालका मानिस नकारात्मक सुझावबाट हतोत्साहित पनि हुन्छन् । केही अरू मानिस सकारात्मक सुझावप्रति शङ्काल हुन्छन् किनकि उनीहरू असफलताप्रति धेरै चासो राख्छन् । यस्ता · मानिसका निम्ति नकारात्मक सुझाव नै उपयोगी सूचनाको स्रोत हुन्छ तर सकारात्मक सुझाव भने खोक्रो प्रशंसाजस्तै लाग्छ ।

यदि तपाईले निम्न लिखित कुरामाथि विचार गर्ने हो भने सुझावबाट -सिक्ने कला पनि सजिलै हुन जान्छ : सझावका विश्वसनीय सूत्रको खोजी गरौं- आफ्ना कमजोरीबाट भ्रमित हन सजिलो हुन्छ । हामीलाई यस्ता मानिसको आवश्यकता पर्दछ, जसमाथि हामीले राम्रोसँग विश्वास गर्न सकौं र हाम्रा विषयमा सत्य कुरा भन्न सकौँ अनि अरूलाई पनि राम्रा सुझाव दिन सङ्कोच नगरौं ।

विशिष्ट सूचनासित सम्बन्ध राखौं- राम्रा सुझावहरूले विशिष्ट सूचना दिन्छन् ।

सम्भव भएसम्म विस्तृत रूपमा उदाहरण दिनुहोस् । घटनाप्रति आफ्नो सोच व्यक्त गर्नुभन्दा वास्तविक रूपमा के भएको छ, भन्नुहोस् । व्यक्तिअनुसारका सुझाव निर्धारण गरौं- संवेदनशील बनौं, यदि कुनै व्यक्तिको जीवनको उद्देश्य विपत्तिहरूबाट बच्नु हो भने तब सुझाव दिनुहोस्, लक्ष्यप्राप्तिका लागि सहयोग पुयाउनुहोस् । यदि कुनै व्यक्ति नकारात्मक सुझावबाट विचलित भयो भने उसका अगाडि उसैका सकारात्मक पहल-कदमीहरूलाई राखिदिनुहोस् ।

 Thank You 



Post a Comment

Previous Post Next Post