सोनाक्षी सिन्हा जहीर इकबालसँगको
सम्बन्धलाई लिएर केही समयदेखि चर्चामा छिन् । हालसालै, जुन २ मा
सोनाक्षीको जन्मदिन थियो, जहीरले अभिनेत्रीलाई ढिलो गरी
जन्मदिनको शुभकामना दिँदै एक भिडियो साझा गरेका छन्। पोष्टमा ‘आई लभ यू’ लेख्दै
जहीरले सोनाक्षीसँगको आफ्नो सम्बन्धको औपचारिक जानकारी दिएका छन् । योसँगै
सोनाक्षीले पनि पोस्टमा प्रतिक्रिया दिँदै सम्बन्धको पुष्टि गरेकी छिन् ।
भिडियोमा सोनाक्षी सिन्हा फ्लाइटमा
स्न्याक्स खाइरहेकी देखिन्छन् । अभिनेत्रीप्रति आफ्नो माया व्यक्त गर्दै जाहिरले
क्याप्शनमा लेखेका छन्, "ह्याप्पी बर्थडे सोन्ज...मलाई
नमारेकोमा धन्यवाद। म तिमीलाई माया गर्छु... आउने दिनहरूमा यसरी नै हाँस्दै,
खाईरहन
र खुसी बाँड्दै गर्नु ।"
जहीर इकबालको पोस्टपछि सोनाक्षीले यसमा
कमेन्ट गरेकी छिन् । अभिनेत्रीले लेखेकी छिन्, ‘धन्यवाद... लभ
यू... अब म तिमीलाई मार्न आउँदैछु ।’ जहीरको यो पोष्टमा फ्यानदेखि लिएर
सेलिब्रेटीसम्मको मायाको वर्षा गरिरहेको छ । एक जनाले लेखेका छन्, 'बिहे
कहिले हो?' त्यही क्रममा अर्काले लेखे, 'तिमीहरू दुवै सँगै धेरै प्यारो देखिन्छौ।'
वरुण
शर्मा, सिद्धार्थ मल्होत्रा र पत्रलेखा जस्ता बलिउड सेलिब्रेटीहरूले पनि
पोस्टमा प्रतिक्रिया दिएका छन्।
जहीर र इकबाल हालै दिनेश विजनकी बहिनी
पूजा विजनको विवाहमा देखिएका थिए । केही समयअघि सोनाक्षीले आफ्नो ब्यूटी ब्राण्ड
लन्च गरेकी थिइन्, जसका लागि अभिनेत्रीले फोटोसुटमा हिराको औंठी लगाएकी थिइन् । त्यसयता
फ्यानहरूले दुवैको इन्गेजमेन्टको अनुमान गर्न थालेका थिए ।
जहीर एक ज्वेलर्स परिवारका हुन् र उनी
बाल्यकालदेखि नै सलमान खानका साथी हुन्।जहीरले सलमान खानको फिल्म 'द
नोटबुक' बाट बलिउडमा डेब्यू गरेका थिए। कामको सन्दर्भमा, दुवै
आफ्नो आगामी फिल्म डबल एक्सएलमा सँगै देखिनेछन्। सतराम रमानी निर्देशित फिल्ममा
हुमा कुरेशी पनि मुख्य भूमिकामा देखिनेछिन् ।
साभार रातोपाटी
