वन रक्षक पदको तयारीको लागि लोग सेवा आयोगबाट सोधिएको ६० प्रश्नहरु

 

वन रक्षक पदको तयारीको लागि लोग सेवा आयोगबाट सोधिएको ६० प्रश्नहरु 

most important question for forest guard in nepal.





१.सरकारद्वारा व्यवस्थित वनको वन व्यवस्थापन कार्ययोजना (Operational Forest Mgt Plan) कुन निकायले स्विकृत गर्दछ ?

- वन विभाग

२. घाईते भालुको बच्चा भेटेर कसैले वन रक्षकलाई दिएमा के गर्नुपर्दछ ?

- वन कार्यालयमा बुझाउने

३. नेपाल कहिलेदेखी रामसार महासन्धिको पक्ष राष्ट्र रहँदै आएको छ ?

- अप्रिल १९८७

४. कुन जडिबुटी विदेश निकासीमा प्रतिबन्ध लागेको छ ?

- ओखरको बोक्रा

५.तलका मध्ये धार्मिक वनको संरक्षण तथा व्यवस्थापनको लागि जिम्मेवार मुख्य निकाय कुन हो ?

- मन्दिर संरक्षण समिति

६.वनमा आगो लाग्ने सम्भावना कम गर्न मुख्य गर्नुपर्ने काम के हो ?

- सुकेको पतकर भुईबाट हाउने

7 वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन रणनीति कुन सालदेखि लागु भएको हो ?

- वि.सं. २०६८

८. कस्तो प्रकृतिको वन डढेलो नेपाली वन जंगलमा बढी लाग्ने गरेको छ ?

- मानव सिर्जित

9.हिरासतमा रहेको थुनुवालाई गर्न नहुने काम के हो ?

- कुटपिट गर्ने

१०. तलकामध्ये कुन रुख प्रजाति फर्निचरको लागि राम्रो मानिन्छ ?

- सिसौ

११. तलका चराहरू मध्ये राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को अनुसुची १ अनुसारको संरक्षित चरा कुन हो ?

- डाँफे

 

१२. राष्ट्रिय बाघ संरक्षण समितिको अध्यक्ष को हुने व्यवस्था छ ?

- प्रधानमन्त्री

१३. वन अपराध मुद्धाको अनुसन्धान कसले गर्ने व्यवस्था छ

- रेन्जर

१४. वन व्यवस्थापनको सिलसिलामा "एक असल नोकर तर खराब मालिक k लाई भनिन्छ ?

- आगो

१५. साझेदारी वनबाट प्राप्त हुने वन पैदावारको बाँडफाँड कुन आधारमा गरिन्छ ?

- ५० प्रतिशत समुह र ५० प्रतिशत नेपाल सरकारलाई

१६. राष्ट्रिय वनमा मनाही नभएको कार्य के हो ?

- पुर्जीअनुसार वन पैदावार निकाल्न

१७. वन ऐन/नियमअनुसार राष्ट्रिय वनमा सामान्यतयाः गर्न हुने काम कुन हो ? '

- ढलापडा रुख हटाउने

१८. तलका महिनाहरूमध्ये कहिले वृक्षारोपण गर्दा सबैभन्दा राम्रो हुन्छ

- साउन

१९. कुन मृगको नाईटोमा विना हुन्छ ?

- कस्तुरी

२०. नयाँ अद्यावधिक नक्सा आउनुभन्दा पहिला नेपालको क्षेत्रफल कति रहेको मान्दै आइएको छ ?

- ,४७,१८१ वर्ग कि.मी.

२१. नेपालको राष्ट्रिय फुल कुन हो ?

- लालीगुरांस

२२. वन मुद्दा दायर गर्नको लागि अनुसन्धानको सिलसिलामा अभियुक्तलाई कति दिनसम्म थुनामा राख्न सकिने व्यवस्था छ ?

- २५ दिन

२३. काठको आयतन नाम गर्ने मापन इकाई के हो ?

- घन फिट

२४. डिभिजन वन कार्यालयको प्रमुखलाई के भनिन्छ ?

- डिभिजन वन अधिकृत

२५. क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज कुन हो ?

- शे-फोक्सुण्डो

२६. चितवन राष्ट्रिय निकुञ्ज कुन वन्यजन्तुको लागि प्रख्यात छ ?

- गैंडा

२७. नेपालको कति प्रतिशत भूभाग संरक्षित क्षेत्रहरूले ओगटेको छ

-२३ प्रतिशत

२८. वन रक्षक पद कुन सेवा समुह अन्तर्गत पर्दछ ?

- वन, जनरल फरेष्ट्री

२९. राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा कतिवटा घस्रने जातका जन्तुलाई संरक्षित वन्यजन्तुको सूचिमा राखिएको छ ?

- 3

३०. वन ऐन, २०४९ को कुन दफामा विना वारेण्ट गिरफ्टार गर्न सकिने व्यवस्था गरिएको थियो ?

- दफा ५९

३१. वन स्रोत सर्वेक्षण गरी सामुदायिक वनको कार्य योजना तयार गर्दा कुन पक्षलाई ध्यान दिनु पर्दैन ?

-प्रशासनिक

३२.सामुदायिक वन उपभोक्ता समुहको वार्षिक आर्थिक कारोबारको लेखा परीक्षणका लागि लेखापरीक्षकको नियुक्ति कसबाट हुन्छ ?

- समूहको साधारण सभा

 

३३. सामुदायिक वन उपभोक्ता समूह भित्र फरक-फरक आर्थिक सामाजिक अवस्था भएका उपभोक्ताहरू पहिचान र वर्गिकरण गर्न के विधि अपनाउनु पर्दछ ?

- सम्पन्नता स्तरीकरण

३४. राति श्वासप्रश्वास क्रियामा रुखले कुन ग्याँस बाहिर फाल्छ ?

- कार्वन डाईअक्साइड

३५. वनमा पाईने वनस्पतिहरूको साइज,जात,संख्या तथा वन पैदावारको अवस्था आदिको जानकारी लिन वनमा गरिने नाप जाँच वा लेखा जोखालाई के भनिन्छ ?

- वन स्रोत सर्वेक्षण

३६. वन सम्बन्धी मुद्दामा अनुसन्धानको सिलसिलामा थुनामा राख्ने कार्यलाई के भनिन्छ ?

- हिरासत

३७. हिरासतमा राख्नु नपर्ने कारण........हो।

- दशी प्रमाण नभएमा

३८. एउटा चिरान काठको उचाई ३ इन्च, मोटाई ४ इन्च र लम्बाई १२ फुटको रहेछ अब सो काठको आयतन कति क्युफिट हन्छ ?

-

३९. एउटा जिल्लाबाट अर्को जिल्लामा वन पैदावार ओसारपसार गर्न कसले छोड पूर्जी दिन्छ ?

- डिभिजन वन अधिकृत

४०. कस्तो ठाउँमा काठहरू घाटघद्दी गरिन्छ ?

- मुलबाटो छेउमा

४१.रुख काट्नका लागि निर्धारण गरिएको चार किल्ला सहितको कुनै वन क्षेत्रमा काट्न तय गरिएको रुखहरूमा लगाइने निशानालाई के भनिन्छ ?

- छपान

४२. मुनाबाट वनको पुनः उत्पादन गर्ने प्रमुख उद्देश्य के हो ?

डालेघाँस उत्पादन गर्न

४३.मध्य पहाडी क्षेत्रमा कुन प्रजातीको वृक्षारोपन बढी गरिएको पाइन्छ ?

- सल्लो

 

४४. एक हेक्टर क्षेत्रफलमा १ मिटर x १ मिटरको दुरीमा बिरुवा रोप्दा कति बिरुवा अटाउँछ ?

-१०००० वटा

४५.सबैभन्दा चाँडै बढ्ने प्रजाती कुन हो ?

- बाँस

४६. नर्सरीको व्याड बनाउँदा साधारणतयाः व्याडको साइज कति हुन्छ ?

-१-१.२ मिटर चौडा र ५-१० मिटर लामो

४७. कुनै रुखको काण्डलाई वृत्ताकार खण्डमा काटेर, खण्डको केन्द्र हुँदै दुवै छेउसम्म लिइने नापलाई के भनिन्छ ?

- व्यास

४८. कुन कुरा वन अपराधमा पर्दैन ?

- वन सर्वेक्षण

 

४९.वन संरक्षण गस्ति गर्दा गस्ति टोलिको समय र संशाधन सदुपयोग गर्न ध्यान पुयाउनु पर्ने मुख्य कार्य के हो ?

- योजना बनाउनु

५०. दिइएका मध्ये सबैभन्दा कम वन जंगलको क्षेत्र भएको जिल्ला कुन हो ?

- भक्तपुर

५१.सामुदायिक वन उपभोक्ता समितिको गठन गर्दा कति प्रतिशत महिला सहभागी गराउनु पर्दछ ?

- ५० प्रतिशत

५२. नेपालको वर्तमान संविधान कहिले जारी गरिएको हो ?

- वि.सं. २०७२

५३. सामुदायिक वनको कार्य योजनाको स्वीकृत कस्ले गर्ने व्यवस्था छ ?

- डिभिजन वन अधिकृत

५४. वन ऐन अनुसार तलका मध्ये कुनचाहिँ वन पैदावार हो

- काठ र दाउरा

५५. तलका कुन प्रजातिको बिउ अंकुरण समयावधि निकै कम हुन्छ ?

- साल

५६. घाट घद्दी स्थल तोक्ने अधिकार ....................... लाई छ ? .. .

- प्रदेश वन निर्देशकको पूर्व स्विकृतिमा डिभिजन वन अधिकृत

५७.राष्ट्रिय निकुञ्ज वा आरक्ष बाहेक अन्य वन क्षेत्रमा वा आवादी क्षेत्रमा भेटिएको घाइते वन्यजन्तुको उद्दार गर्ने मुख्य जिम्मेवारी कसको हो ?

- सम्बन्धित डिभिजन वन कार्यालय

५८.फिल्डस्तरमा सरकारद्वारा व्यवस्थित वनको संरक्षणको जिम्मेवारी कसको हो ?

- डिभिजन वन कार्यालय

५९. हाल प्रचलनमा रहेको वन ऐन अनुसार राष्ट्रिय वनलाई कति प्रकारका वनमा विभाजन गरिएको छ ?

-

६०. वन रक्षकले कस्को मातहतमा रही तोकिएको जिम्मेवारी पुरा गर्नु पर्दछ ? .

- सहायक वन अधिकृत


Post a Comment

Previous Post Next Post