गोर्खापत्रमा मिति २०७९।०३।०८ मा प्रकाशित लोकसेवा सामाग्री




१. सबैभन्दा बढी पटक सगरमाथाको शिखरमा पुग्ने आरोही को हुन् ?

-कामिरिता शेर्पा (२६औं पटक, २०७९ वैशाख)

-उहाँले यसअघिको आफ्नै रेकर्ड तोड्नुभएको। विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पालाई पासाङ दावाले पछ्याइरहनुभएको । पासाङ दावाले एकै हप्तामा दुई पटक सगरमाथाको शिखर चुम्नुभएको। उहाँको यो २४औं र २५औं पटकको सगरमाथा आरोहण हो।

-सोलुखुम्बुको नाम्चेबजारनजिकै पर्ने थिसो निवासी निग्मानुरु शेर्पाले पनि यसपालि २४ औं पटक आरोहण गर्नुभएको । निग्मानुरु विश्वमै धेरै पटक सगरमाथा चढ्ने आरोहीमा तेस्रो बन्नुभएको।

-यस्तै महिला आरोही ल्हाक्पा शेर्पा सगरमाथा १० औं पटक पुग्न सफल हुनुभएको। सखुवासभाकी ४८ वर्षीया ल्हाक्पा सगरमाथा आरोहण गर्ने दोस्रो नेपाली महिला हुनुहुन्छ।

- फुर्वा तेञ्जिङ शेर्पाका आठ जना दाजुभाइ तथा दिदीबहिनी सबैले सगरमाथा आरोहण गरिसकेका।

 

२. काठमाडौँ उपत्यकाको बिजुली आपूर्ति दिगो र भरपर्दो बनाउन अत्यावश्यक मानिएको माङ्दी-काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन कहिलेदेखि सञ्चालनमा आएको हो ? 

-वि.सं. २०७९ असार २

-योसँगै माङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन सहज हुने भएको।

-कुलेखानी नचलेका बेला माङ्दी-काठमाडौँ प्रसारण लाइनमार्फत विद्युत्लाई काठमाडौँ हुँदै हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ थप विद्युत् प्रवाह गराउन सकिने । यो लाइन काठमाडौँ उपत्यकामा विद्युत् प्रवाहका लागि लाइफलाइन हो।

-२२० केभी क्षमता भए पनि केही सबस्टेसनका संरचना बनिनसकेकाले हाललाई १३२ केभी क्षमतामा सञ्चालन गरिएको प्राधिकरणले जनाएको । काठमाडौँको मातातीर्थ र तनहुँको मार्किचोकमा २२०/१३२/३३ केभी, ३२० एमभीए क्षमताको सबस्टेसन निर्माणाधीन छन् । ती सबस्टेसनको अन्तिम चरणका थोरै काम बाँकी रहेको र सम्पन्न हुनासाथ यी प्रसारण लाइन २२० केभीमा सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको।

-यो प्रसारण लाइन निर्माण २०७३ भदौमा सुरु भएको।

-नेपाल सरकारको लगानी र नर्वे सरकार तथा एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा आयोजना निर्माण गरिएको।

 

३. नेपालको पहिलो राष्ट्रिय जलस्रोत नीति कहिले सार्वजनिक भएको हो ?

-वि.सं. २०७७ पुस २

-ऊर्जा मन्त्रालयद्वारा सार्वजनिक सो नीतिमा सातवटा उद्देश्य रहेको।

- नीतिमा ११ रणनीति र ११५ कार्यनीति रहेको ।

- जलस्रोत नीतिले कृषियोग्य भूमिमा वर्षेभरि सिँचाइ सुविधा पुऱ्याउने, सर्वसुलभ रूपमा खानेपानी सेवा उपलब्ध गराउने, वर्षा र सुक्खायामबीचको जलविद्युत् उत्पादन क्षमताको भिन्नतालाई कम गर्न बहुउद्देश्यीय जलाशययुक्त तथा अन्तरजलाधार जल स्थानान्तरण आयोजनाको विकासलाई प्राथमिकता दिनेलगायतका कुरालाई विशेष जोड दिएको।

४. मोबाइल उत्पादन गर्ने विश्वकै पहिलो कम्पनी कुन हो ?

- मोटोरोला, अमेरिका (सन् १९७६ अप्रिल)

५. 'ई-क्लास नेपाल' एप कहिले सार्वजनिक गरिएको हो ?

- वि.सं. २०७७ मङ्सिर २३

-यो एप सिकाइ सहज बनाउने उद्देश्यले तयार पारिएको।

-कक्षा १ देखि १० सम्मको पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित यो एप शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा सार्वजनिक गरिएको।

 

६. अमेरिकन खगोलविद्वय लेविस स्विफ्ट र होरस टटलद्वारा सन् १८६२ मा पत्ता लगाइएको पुच्छ्रेतारा कुन हो ?

- स्विफ्ट टटल

-सन् १९९२ मा सूर्यको नजिक आएको यो पुच्छ्रेतारा अब सन् २१२५ मा आउने खगोलविद्ले जनाएका। हाल पृथ्वीको नजिक नरहेको यो पुच्छ्रेताराले आफ्नो कक्षमा छोडेका चट्टान र धुलोका कणहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले प्रवेश गर्दा घर्षण भई जल्न पुग्छन्, जसलाई उल्का वर्षा भनी चिनिन्छ।

.आयात-निर्यात कार्य सहज बनाउन सञ्चालनमा ल्याइएको पोर्टल कुन हो ?

-नेपाल ट्रेड (नेपाल सरकारद्वारा ल्याइएको)

८. प्रथम महिला उद्यमी हरित औद्योगिक ग्राम स्थापनाका लागि चयन गरिएको ठाउँ कुन हो ?

- पाँचखाल (काभ्रे)

९. राष्ट्रिय योजना आयोगद्वारासमृद्ध नेपाल सुखी नेपाली'को लक्ष्य प्राप्तिका लागि समृद्धि र सुखका कति कति सूचक तयार गरिएको छ ?

- समृद्धि : ३२ र सुख : २३

 

१०. बीपी कोइराला राष्ट्रिय पुरस्कारबाट कसलाई सम्मानित गरियो ?

-संस्थातर्फ : बीपी सङ्ग्रहालय (सुन्दरीजल) र व्यक्तितर्फ : पुरुषोत्तम बस्नेत

-त्यस्तै बीपी कोइराला राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने अन्य व्यक्तित्वमा साहित्यिक आख्यानतर्फ डा. ध्रुवचन्द्र गौतम र काव्यमा डा. विष्णुविभु घिमिरेलाई सम्मान गरिएको।

११. वि.सं. २०७९ असार ४ मा भएको मिस नेपाल २०२२ को उपाधि जित्ने प्रतिभा को हुन् ?

-प्रियङ्कारानी जोशी |

-यस्तै मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मिस नेपाल अर्थ सरिसा श्रेष्ठ घोषित भएका ।

-द हिडन ट्रेजरद्वारा आयोजित सो प्रतियोगिताका लागि २४ जना प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका थिए।

१२. एसईई नेसनल २०२२ को उपाधि जित्ने प्रतिभा को हुन् ?

- दृष्टि बस्नेत

- एसईईका विद्यार्थीबीच एभी इन्टरटेन्मेन्टको सहकार्यमा युहान इन्टरनेसनलद्वारा आयोजित प्रतिभा प्रदर्शन र सौन्दर्य प्रतियोगितामा दृष्टिले सो उपाधि जितेकी।

-प्रतियोगितामा प्रमिशा चौलागाईं फस्ट, लिपी दाहाल सेकेन्ड, मञ्जिता कुँवर थर्ड र सोनिका सुवेदी फोर्थ रनर्स अप भएका।

१३. नयाँ ग्रह पत्ता लागेको सैद्धान्तिक आधार प्रस्तुत गर्ने नेपाली वैज्ञानिक को हुन् ?

-सुमन सत्याल

१४. इमेल प्राप्त गर्ने र इमेल पठाउने सफ्टवेयर प्रोग्रामलाई के भनिन्छ ?

- ब्राउजर

१५. जैविक विविधतासम्बन्धी महासन्धि कहिले पारित भएको हो ?

- सन् १९९२

१६. नासाद्वारा पहिलो पटक मङ्गल ग्रहमा रकेट अवतरण कहिले भएको हो ?

- सन् २०१८ नोभेम्बर २६ - इन्साइड ल्यान्डर नामक सो रकेट सन् २०१८ मे ५ मा

प्रक्षेपण गरिएको थियो।

 - ‘इन्साइड' परियोजनाका प्रमुख टम हफम्यान हुन्।

१७. लोकसेवा आयोगको प्रतीक चिह्न (लोगो) कहिलेदेखि प्रचलनमा आएको हो ?

- वि.सं. २०७३ असार १

- यस प्रतीक चिह्नका डिजाइनर माधव रेग्मी हुन्।

- प्रतीक चिह्नमा 'योग्यता, निष्पक्षता, स्वच्छता' नारा समावेश गरिएको।

 

१८. सरकारले जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा कहिले गरेको हो ?

- वि.सं. २०७९ असार ६ नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुऱ्याएको योगदानको कदरस्वरूप उनलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरिएको।

-जयपृथ्वीबहादुर सिंह बझाङी राजा हुन् । उनले लेखेको अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ। उनले प्राकृतव्याकरण नामक अर्को पुस्तक पनि लेखेका थिए। १९३४ भदौ ५ मा बझाङमा जन्मेका सिंहको वि.सं. १९९७ असोज १ गते निधन भएको थियो।

-जयपृथ्वीबहादुर सिंहसँगै नेपालका राष्ट्रिय विभूतिको सङ्ख्या १८ पुगेको।

१९.नइ प्रकाशनले २०७८ सालको 'नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार' कसलाई प्रदान गर्यो ?

-मोहन सिटौला (पुरस्कार राशि : रु. दुई लाख)

(नइ गणेश दर्गा अन्तर्राष्ट्रिय पुरस्कार (राशि : रु. एक लाख) भारत आसामका छविलाल उपाध्यायलाई प्रदान गरिएको ।)

२०. बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नेपालको औपचारिक भ्रमण कहिले भएको हो ?

-वि.सं. २०७९ जेठ २ (सन् २०२२ मे १६)

२१. उत्तम शान्ति पुरस्कार-२०७८ कसलाई प्रदान गरियो ?

- सत्यमोहन जोशी र गिरीश गिरी (संयुक्त रूपमा)

-(उत्तम कुँवर स्मारक पुरस्कार गुठीले आख्यानमुक्त गद्यकृतिलाई २०४४ सालदेखि नै यो पुरस्कार प्रदान गर्दै आएको ।)

२२. २५ फिट अग्लो ढुङ्गाको बुद्धमूर्ति कहाँ निर्माण गरिएको छ ?

- हेटौँडास्थित गम्बाडाँडा

-बौद्ध धर्मगुरु लोमसाङ नाङ्गेलद्वारा सो मूर्ति अनावरण (२०७९ वैशाखमा) गरिएको।।

 -ललितपुरको बालकमारीका मूर्तिकार अमर शाक्य र नवीन शाक्यले बुद्धमूर्ति कुँध्नुभएको।

-२०६९ सालमा त्यहाँ आयोजना गरिएको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा कुँदिएका मूर्तिहरू त्यहाँ रहेका।

-नेपाल र अन्य पाँच देशका २३ मूर्तिकारले कुँदेका २३ प्रकारका मूर्ति गुम्बाडाँडामा सजाइएको।

-गुम्बाडाँडा हेटौँडा बजारबाट करिब १७ किलोमिटर पूर्व दक्षिणमा पर्ने।

-पछिल्लो समय यो ठाउँ आन्तरिक र बाह्य पर्यटकको आकर्षक स्थल बन्दै गएको।

२३. राष्ट्रिय कलाश्री सम्मान - २०७८ कसलाई प्रदान गरियो ?

-साहित्यसाधक परशु प्रधान

- राष्ट्रिय कलाश्री पुरस्कार शब्दसिल्पी मञ्जु काँचुलीलाई प्रदान गरिएको।

-ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार स्रष्टा एवं अनुवादक केशव सिग्देललाई प्रदान गरिएको ।

-बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार साहित्यकार एवं कलाकार धीरेन्द्र प्रेमर्षि, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार मूर्तिकार ओम के.सी., पद्मनेत्र राष्ट्रिय कलाश्री पुरस्कार गायक शिव परियारलाई प्रदान गरिएको।

२४. मानव विकासको क्रममा सबैभन्दा छोटो अवधि कुन हो ?

- नवजात अवस्था

२५. मानव विकासको कुन अवस्थालाई आँधी र तुफानको अवस्था भनिन्छ ?

- किशोरावस्था

२६. नेपालमा केवरत जातिको बसोवास कहाँ रहेको छ ?

-मोरङ

-यस जातिको आफ्नै केवरत मातृभाषा रहेको।

- यो जातिमा भूमि, रुख, पानी, सर्प, बालीनालीको पूजा गर्ने परिपाटी रहेको। यस जातिमा झारफुक, तन्त्रमन्त्र, लागलगानमा विश्वास गर्ने प्रचलन रहेको।

-विवाह तथा पितृकार्यमा आफ्नै जातिको बबाजीको उपस्थिति अनिवार्य मानिने।

-झैझगडा, चोरीडकैतीजस्ता अपराध नियन्त्रणका लागसोलोस बाइस' नामक मुखिया संस्थाले न्याय सम्पादन गर्ने । जातीय सरदार र देमानहरू पनि रहने प्रावधान रहेको।

-नेपालमा केवरत जातिको जनसङ्ख्या करिब १५ हजार रहेको।

-आधिकारिक रूपमा यस जातिको पहिचान नभए तापनि केवरत छुट्टै जाति रहेको र जातीय पहिचानका लागि आवाज उठाउँदै आएको।

२७. 'युनाइटेड नेसन पब्लिक सर्भिस डे' कहिले मनाइन्छ ?

- जुन २३

१. आयोजनाहरूमा अनुगमनको आवश्यकताबारे प्रकाश पार्दै नेपालमा अनुगमन प्रणाली कमजोर हुनुका कारण उल्लेख गर्नुहोस्।

-आयोजनामा धेरै साधनस्रोतको परिचालन हुन्छ, लक्ष्य प्राप्तिका लागि क्रियाकलाप गर्नुपर्दछ । यसका लागि ठूलो आर्थिक लगानी हुन्छ । लगानीअनुरूपको प्रतिफलको अपेक्षा हुन्छ। यस्ता पक्षको कार्यान्वयनमा कुनै समस्या छ/छैन, लक्ष्य प्राप्तितर्फ लगानी भएको छ/छैन, साधन स्रोतको सदुपयोग दुरूपयोगको अवस्था के कस्तो छ भनेर आयोजना कार्यान्वयनका विविध पक्षको निगरानी एवं निरीक्षण गरी आयोजनालाई समयमै सम्पन्न गर्न आयोजनामा अनुगमनको आवश्यकता पर्दछ। आयोजनाहरूमा अनुगमनको अरू आवश्यकतालाई निम्नानुसार प्रकाश पार्न सकिन्छ :

-आयोजनाको लक्ष्यअनुरूप कार्यान्वयनको अवस्था मापन गर्न. आयोजनामा परिचालन गरिने सम्पूर्ण साधनस्रोतलाई कुशलतापूर्वक परिचालन गर्न,

- आयोजना कार्यान्वयनमा देखिएका समस्या पहिचान गरी तुरुन्तै समाधान गर्न,

-आयोजना कार्यान्वयनमा सरोकारवालाको सक्रिय र सार्थक सहभागिता बढाउन,

-आयोजना कार्यान्वयनमा पारदर्शिता एवं जवाफदेहिता बढोत्तरी गर्न,

- गुणस्तरीय आयोजना निर्माणमा कार्यान्वयन निकायलाई थप जिम्मेवार बनाउन।

 

नेपालमा अनुगमन प्रणाली कमजोर हुनुका कारण ।

- नेपालमा अनुगमन कार्यमा सम्बन्धित विभाग एवं मन्त्रालयको जिम्मेवारी तोकिएको छ। राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक खरिद अनुगमन कार्यालयलगायतका निकायबाट पनि अनुगमन हुने गरेको पाइन्छ। जिल्लाभित्र जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालयलगायतका निकाय पनि संलग्न हुन्छन् तर पनि नेपालमा अनुगमन प्रणाली प्रभावकारी हुन नसकेको अवस्था छ। यो प्रणाली कमजोर हुनुमा विभिन्न कारण छन् । जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ :

-अनुगमनसम्बन्धी एकीकृत कानुनको अभाव हुनु,

- छरिएर रहेका अनुगमन गर्ने निकायबीच कार्यगत समन्वयको कमी हुनु,

- अनुगमन कार्यलाई आयोजना चक्रको एक अभिन्न अङ्गका रूपमा नलिनु,

-अनुगमन गर्ने कार्यमा पर्याप्त साधनस्रोत एवं दक्ष जनशक्तिको अभाव हुनु, अनुगमन गर्ने कार्यलाई उचित प्राथमिकतामा नराख्नु,

- अनुगमनका लागि स्पष्ट मापनयोग्य सूचकको विकास नहुनु,

- कार्यस्थलमा गर्ने अनुगमनले समस्या पहिचान गरी समाधान गर्ने र निकास दिनेभन्दा पनि अवलोकन गर्ने तथा प्रचारमा ल्याउनेजस्ता कार्यमा मात्र सीमित हुने गर्नु,

- आयोजना कार्यान्वयनको भौतिक तथा वित्तीय प्रगति विवरण माग गर्ने र आयोजनाको लक्ष्य, उपलब्धि, प्रतिफल, साधनस्रोतको परिचालनजस्ता नतिजाको खोजी नीति गर्ने कार्य प्रभावकारी रूपमा हुन नसक्नु,

- अनुगमनबाट प्राप्त नतिजालाई पुरस्कार र दण्ड सजायसँग आबद्ध नगर्नु,

- सरोकारवाला नागरिकलाई अनुगमन कार्यमा सहभागी गराउन नसक्नु,

-अनुगमन कार्यको पनि अनुगमन गरी अनुगमनलाई निरन्तरता दिन र संस्थागत गर्न नसक्नु ।

 

२. वन ऐन, २०७६ ले नेपालको राष्ट्रिय वन व्यवस्थापन तथा सदुपयोग सम्बन्धमा के कस्तो व्यवस्था गरेको छ ? उल्लेख गर्नुहोस्।

-वन ऐन, २०७६ ले नेपालको राष्ट्रिय वन व्यवस्थापन तथा सदपयोग सम्बन्धमा वनलाई निम्न रूपमा व्यवस्थापन गरी वनको विकास, संरक्षण तथा सदुपयोगमा जोड दिएको छ :क. राष्ट्रिय वन

- राष्ट्रिय वनलाई सरकारद्वारा व्यवस्थित वन, वन संरक्षण क्षेत्र, सामुदायिक वन, साझेदारी वन, कबुलियती वन र धार्मिक वनको रूपमा व्यवस्था गरेको छ।

ख. निजी वन,

ग. सार्वजनिक वन,

 घ. सहरी वन।

 

३. स्वास्थ्य समस्या हटाउन व्यक्तिले निर्वाह गर्न सक्ने भूमिकाहरू के के हुन् ? उल्लेख गर्नुहोस्।

-स्वास्थ्य समस्या मानिसमा हुन्छ । मानिसको आफ्नो शरीर, घरपरिवार, समाज, वातावरणलगायत स्वास्थ्य समस्या देखिन सक्ने सबै क्षेत्रको सरसफाइ गर्ने, सचेतना अभिवृद्धि गर्नेलगायतका कार्यमा व्यक्तिले बहुआयामिक भूमिका निर्वाह गर्न सक्दछ। कोभिडलगायतका सरुवा रोग नियन्त्रणमा त व्यक्तिको भूमिका धेरै नै हुन्छ। समग्रमा स्वास्थ्य समस्या हटाउनका लागि व्यक्तिले निम्न भूमिका निर्वाह गर्न सक्दछ :

-खाना खानुअघि र पछि राम्ररी हात धुने, अरूलाई पनि सोहीअनुसार गर्न सल्लाह र सुझाव दिने,

-खानेकुरा राम्ररी सफा गरी पकाई सन्तुलित तरिकाले सेवन गर्ने,

-शरीरका अङ्गहरूको नियमित सरसफाइ गर्ने, अरूलाई पनि सरसफाइ गर्न सल्लाहस्झाव दिने,

-शौचालयको प्रयोग गर्ने तथा अरूलाई पनि प्रयोग गर्न सल्लाह सुझाव दिने,

- धूमपान तथा मद्यपान नगर्ने, अरूलाई पनि नगर्न सल्लाह सुझाव दिने,

- नियमित रूपमा शारीरिक व्यायाम गर्ने, खेलकुदमा संलग्न हुने,

- बेलाबेलामा स्वास्थ्य परीक्षण गराउने र आवश्यकताअनुसार उपलब्ध स्वास्थ्य सेवाको उपयोग गर्ने, अरूलाई पनि गर्न लगाउने,

- रोग लाग्नुपूर्व होसियारी अपनाउने तथा रोग लागेपछि नियमित उपचार गर्ने,

- घरपरिवार, समाजमा स्वास्थ्य सचेतना अभिवद्धि गर्ने, स्वास्थ्य शिक्षामा अध्ययन, अनुसन्धान गरी असल राष्ट्रसेवक बन्ने।

 

४. सशस्त्र प्रहरी निरीक्षक पदको उम्मेदवार छनोट गर्दा के कस्ता परीक्षाको माध्यमबाट छनोट गर्नुपर्ने व्यवस्था छ ?

-सशस्त्र प्रहरी निरीक्षक पदको उम्मेदवार छनोट गर्दा देहायबमोजिमका परीक्षाको माध्यमबाट छनोट गर्नुपर्ने व्यवस्था छ :

- क. प्रारम्भिक शारीरिक परीक्षण,

- ख. शारीरिक सहिष्णुता,

- ग. विस्तृत स्वास्थ्य परीक्षण,

- घ. मनौवैज्ञानिक व्यक्तित्व (आइक्यू) परीक्षण,

- ङ. लिखित परीक्षा,

- च. गणमापक परीक्षा,

- छ. विशेष स्वास्थ्य परीक्षण,

- ज. अन्तर्वार्ता।

 

५. नीति निर्माणका लागि ध्यान दिनुपर्ने विषय के के हुन् ? चर्चा गर्नुहोस्५. नीति निर्माणका लागि ध्यान दिनुपर्ने विषय के के हुन् ? चर्चा गर्नुहोस्।

-सरकारले के गर्ने, कसरी गर्ने, कहिले गर्ने, के नगर्ने,किन नगर्ने भन्ने विषयको छनोट गर्ने कार्य नीति निर्माण हो । नीति निर्माण नीति तर्जुमा गर्ने कार्य हो, जसमा समस्याको पहिचान, समस्या समाधानका लागि विभिन्न विकल्पको खोजी, विकास, विश्लेषण, छनोट, स्वीकृति, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन, पृष्ठपोषणलगायतका प्रक्रिया पर्दछन् । नीति निर्माण निरपेक्ष होइन, सापेक्ष हो, त्यसकारण नीति निर्माणमा विभिन्न विषयमा ध्यान दिनुपर्दछ। निश्चित उद्देश्य एवं लक्ष्य प्राप्ति गर्न, समस्या समाधान गर्न नीति निर्माण गरिने भएकाले नीति निर्माणपूर्व र पश्चात्का विविध विषयको विश्लेषण गर्नुपर्ने हुन्छ। मुलुकमा उपलब्ध साधनस्रोत, राजनीतिक, आर्थिक, सामाजिक परिवेश, पर्यावरण, अन्तर्राष्ट्रिय परिस्थिति, नीति कार्यान्वयन हुने नहुने अवस्था, सरोकारवालाको सहभागिता हुने नहुने अवस्था, प्रशासनिक एवं संस्थागत संयन्त्र आदि विषयको सूक्ष्म विश्लेषण गर्नु आवश्यक हुन्छ। समग्रमा प्रभावकारी नीति निर्माणका लागि निम्न विषयमा ध्यान दिनुपर्दछ : नीति मुलुकको संविधान अनुकूल हुनुपर्ने भएकाले संविधान, ऐन, नियमलगायतका कानुनहरू, संस्थागत संरचनामार्फत नीति कार्यान्वयन गर्नुपर्ने भएकाले मुलुकमा उपलब्ध संस्थागत संरचनाको कार्यान्वयन क्षमताको विश्लेषण, नीति कार्यान्वयन गर्ने जनशक्तिको अवस्था, नीति निर्माणदेखि कार्यान्वयनसम्म सरोकारवालाको सक्रिय एवं सार्थक सहभागिता हुने नहुने विषय, लक्षित वर्गको पहिचान तथा सम्बोधन, नीति कार्यान्वयनमा आवश्यक पर्ने साधनस्रोत आकलन र मुलुकमा उपलब्धता, मुलुकमा निर्माण भएका अन्य नीतिसँगको सामञ्जस्यता, निजी क्षेत्र, नागरिक समाज, गैरसरकारी क्षेत्र, सहकारी क्षेत्रको भूमिका, समन्वय एवं सहकार्यका विषय, पहिला निर्माण भएका नीतिहरूको कार्यान्वयन अवस्थाको विश्लेषण,आधुनिक सूचना प्रविधिको प्रयोग

- अनुगमन र मूल्याङ्कनको व्यवस्था।

५. नीति निर्माणका लागि ध्यान दिनुपर्ने विषय के के हुन् ? चर्चा गर्नुहोस्।

- सरकारले के गर्ने, कसरी गर्ने, कहिले गर्ने, के नगर्ने, किन नगर्ने भन्ने विषयको छनोट गर्ने कार्य नीति निर्माण हो । नीति निर्माण नीति तर्जुमा गर्ने कार्य हो, जसमा समस्याको पहिचान, समस्या समाधानका लागि विभिन्न विकल्पको खोजी, विकास, विश्लेषण, छनोट, स्वीकृति, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन, पृष्ठपोषणलगायतका प्रक्रिया पर्दछन् । नीति निर्माण निरपेक्ष होइन, सापेक्ष हो, त्यसकारण नीति निर्माणमा विभिन्न विषयमा ध्यान दिनुपर्दछ। निश्चित उद्देश्य एवं लक्ष्य प्राप्ति गर्न, समस्या समाधान गर्न नीति निर्माण गरिने भएकाले नीति निर्माणपूर्व र पश्चात्का विविध विषयको विश्लेषण गर्नुपर्ने हुन्छ। मुलुकमा उपलब्ध साधनस्रोत, राजनीतिक, आर्थिक, सामाजिक परिवेश, पर्यावरण, अन्तर्राष्ट्रिय परिस्थिति, नीति कार्यान्वयन हुने नहुने अवस्था, सरोकारवालाको सहभागिता हुने नहुने अवस्था, प्रशासनिक एवं संस्थागत संयन्त्र आदि विषयको सूक्ष्म विश्लेषण गर्नु आवश्यक हुन्छ। समग्रमा प्रभावकारी नीति निर्माणका लागि निम्न विषयमा ध्यान दिनुपर्दछ :

- नीति मुलुकको संविधान अनुकूल हुनुपर्ने भएकाले संविधान, ऐन, नियमलगायतका कानुनहरू,

- संस्थागत संरचनामार्फत नीति कार्यान्वयन गर्नुपर्ने भएकाले मुलुकमा उपलब्ध संस्थागत संरचनाको कार्यान्वयन क्षमताको विश्लेषण,

- नीति कार्यान्वयन गर्ने जनशक्तिको अवस्था,

- नीति निर्माणदेखि कार्यान्वयनसम्म सरोकारवालाको सक्रिय एवं सार्थक सहभागिता हुने नहुने विषय,

-लक्षित वर्गको पहिचान तथा सम्बोधन,

- नीति कार्यान्वयनमा आवश्यक पर्ने साधनस्रोत आकलन र मुलुकमा उपलब्धता,

- मुलुकमा निर्माण भएका अन्य नीतिसँगको सामञ्जस्यता,

- निजी क्षेत्र, नागरिक समाज, गैरसरकारी क्षेत्र, सहकारी क्षेत्रको भूमिका, समन्वय एवं सहकार्यका विषय,

- पहिला निर्माण भएका नीतिहरूको कार्यान्वयन अवस्थाको विश्लेषण,

-आधुनिक सूचना प्रविधिको प्रयोग,

- अनुगमन र मूल्याङ्कनको व्यवस्था।

 

६. सेवाग्राहीप्रति कर्मचारीको व्यवहार र आचरण के कस्तो हुनुपर्दछ ? लेख्नुहोस्।

-सेवाग्राही सेवा प्रापक हो, कर्मचारी सेवा प्रदायक हो। सेवा प्रदायकले सेवाग्राहीप्रति असल व्यवहार र आचरण प्रदर्शन गर्नुपर्दछ। जुन निम्नअनुसार हुनुपर्दछ :

-सेवाग्राहीको काम समयमै गर्नुपर्ने, समयमै काम हुन नसकेमा त्यसको आधार र कारण दिनुपर्ने,

- सेवाग्राहीप्रति मर्यादित व्यवहार गर्नुपर्ने,

- जवाफ दिँदा शिष्टतापूर्वक दिने,

- सेवाग्राहीप्रति उत्तरदायी रहने,

- सेवाग्राहीको हितलाई ध्यानमा राखी काम गर्ने,

- वृद्ध, अशक्त, अपाङ्ग, गर्भवती महिला, बालबालिका, असहायलाई प्राथमिकता दिनुपर्ने,

-सरल र सहज भाषामा सेवा दिने,

-सेवा प्रवाहमा सेवाग्राहीको पहुँच बढाउने,

-सेवा प्राप्तिको प्रक्रिया, लाग्ने समय, लागतबारे सेवाग्राहीलाई यथासमयमै जानकारी गराउने,

-आफ्नो पदअनुसारको आचरण पालन गर्ने,

- निष्पक्ष रूपमा गुणस्तरीय सेवा प्रवाह गर्ने,

- छिटोछरितो सेवा प्रवाह गर्ने,

- सेवा प्रवाहमा पारदर्शिता र मितव्ययिता कायम गर्ने,

- आफ्नो परिचयपत्र र तोकिएको पोसाकसहित सेवा प्रवाह गर्ने।

७. भ्रष्टाचार नियन्त्रण कार्यमा महालेखा परीक्षकको कार्यालयले के कस्तो भूमिका निर्वाह गर्नुपर्ने देख्नुहुन्छ ?

-सक्षेपमा चर्चा गर्नुहोस्। सार्वजनिक स्रोत, साधन, सम्पत्ति, अधिकार एवं जिम्मेवारीको गलत दुरुपयोग गरी व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने कार्य भ्रष्टाचार हो । नेपालमा भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा महालेखा परीक्षकको कार्यालय प्रमुख निकाय त होइन तैपनि यसले सबै सरकारी कार्यालयको आय व्ययको नियमितता, कार्यदक्षता, प्रभावकारिता एवं औचित्यका आधारमा लेखापरीक्षण गरी आर्थिक कारोबारमा स्वच्छता, पारदर्शिता एवं जवाफदेहिताको मापन गर्दछ। आफूले लेखापरीक्षण गर्ने सबै निकायका आय-व्यय तथा त्यसको परिचालन, लेखाङ्कन, प्रतिवेदनसँग सम्बन्धित सूचनाहरू महालेखा परीक्षकको कार्यालयसँग हुन्छन् । यस अर्थमा आर्थिक कारोबारमा सदुपयोग र दुरुपयोगको अवस्थाका बारेमा महालेखा परीक्षकको कार्यालयलाई पर्याप्त जानकारी हुने हुँदा भ्रष्टाचार नियन्त्रण कार्यमा यसले सहयोगी एवं साझेदारी निकायका रूपमा भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ। यसको भूमिकालाई निम्नानुसार चर्चा गर्न सकिन्छ :

-सरकारी आय र व्ययको कारोबारमा आर्थिक अनियमितता र भ्रष्टाचारजन्य कार्य भएको लेखापरीक्षणको दौरानमा देखिएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने,

- कानुनविपरीतका असुलउपर गर्नुपर्ने बेरुज तत्कालै असुली गराउने,

- लेखापरीक्षण गर्ने कार्यलाई जोखिमका आधारमा सघनता बढाउँदै जाने,

- सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेलाई कारबाही गर्ने,

-कार्यमूलक लेखापरीक्षण गरेर भौतिक कार्य प्रगतिबिनाको कागजी काम गर्ने, गुणस्तरयुक्त काम नगर्ने प्रवृत्ति पत्ता लगाई कारवाही गर्ने, गराउने,

- अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सूचना आदान-प्रदानलगायतका कार्यमा सहकार्य गरी भ्रष्टाचारजन्य कार्यको अन्त्य गर्ने कार्यमा प्रमुख सहयोगी एवं साझेदारी निकायको रूपमा कार्य गर्ने ।

८. वैदेशिक सहायताका प्रकारबारे चर्चा गर्नुहोस्।

-विदेशी मित्रराष्ट्र तथा दातृ निकायबाट प्राप्त हुने सहायता रकम वैदेशिक सहायता हो । मुलुकको आर्थिक, सामाजिक एवं भौतिक पूर्वाधार विकासमा खर्च गर्न लिइने सहायता रकम निम्न प्रकारको हुने गर्दछ :

क. अनुदान सहायता

- द्विपक्षीय मुलुक तथा बहुपक्षीय निकायबाट पछि फिर्ता गर्नु नपर्ने गरी प्राप्त हुने अनुदान सहायता रकम निम्न प्रकारको हुन्छ :

- नगद अनुदान सहायता,

-शोधभर्ना हुने अनुदान सहायता,

-सोझै भुक्तानी अनुदान सहायता,

-वस्तुगत अनुदान सहायता,

-प्राविधिक अनुदान सहायता,

ख. ऋण सहायता

-निश्चित समयपछि साँवा तथा ब्याजसहित फिर्ता गर्नुपर्ने गरी द्विपक्षीय मुलुक तथा बहुपक्षीय निकायबाट प्राप्त हुने ऋण सहायता रकम निम्न प्रकारको हुन्छ :

- नगद ऋण सहायता,

- शोधभर्ना हुने ऋण सहायता,

-सोझै भुक्तानी ऋण सहायता।

 

.नेपालमा सवारी चालक अनुमतिपत्र प्राप्त गर्न के कस्ता व्यक्ति अयोग्य मानिने व्यवस्था छ ? -नेपालमा सवारी दुर्घटनाको रोकथाम गर्न, दुर्घटनाबाट पीडित पक्षलाई क्षतिपूर्ति दिलाउन, बीम व्यवस्था गर्न, सरल एवं सुलभ यातायात सुविधा उपलब्ध गराउन, यातायात सेवालाई सुदृढ, सक्षम तथा प्रभावकारी बनाउन तर्जुमा गरिएको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले देहायका व्यक्तिहरू सवारी चालक अनुमतिपत्र प्राप्त गर्न अयोग्य मानिने गरेको छ :

(क) ठूलो सवारीको निमित्त २१ वर्ष उमेर नपुगेको व्यक्ति,

(ख) मझौला र साना सवारीका निमित्त अठार वर्ष उमेर नपुगेको व्यक्ति,

-तर मोटरसाइकल तथा त्यस्तै अन्य सानो दुईपाङ्ग्रे सवारीको निमित्त सोह वर्ष उमेर पुगेको व्यक्तिले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न सक्ने व्यवस्था छ,

 (ग) छारे रोग भएको वा बौलाएको वा एकाएक रिङ्गडटा लाग्ने वा मुर्छा हुने किसिमको रोग भएको व्यक्ति,

(घ) आँखाको देख्ने शक्ति कमजोर भई चस्मा प्रयोग गर्दा पनि सामान्य तवरले देख्ने शक्ति ठीक नभएको व्यक्ति,

(ङ) साधारण ध्वनि सङ्केत, आवाज सुन्न नसक्ने गरी बहिरो भएको व्यक्ति,

-तर त्यस्ता व्यक्तिको सवारी चालक क्षमतासम्बन्धमा परीक्षण गराई तोकिएबमोजिमको मापदण्ड पूरा भएका सडकमा मात्र सवारी चलाउन पाउने गरी सवारी चालक अनुमतिपत्र दिन सकिने,

(च) रातो, हरियो, पहँलो इत्यादि रङहरू तुरुन्त, छुट्याउन नसक्ने दृष्टिदोष भएको व्यक्ति,

(छ) रतन्धो भएको व्यक्ति,

(ज) हातखुट्टा शक्तिहीन भई काम दिन नसक्ने भएको व्यक्ति।

-तर अपाङ्गताको निमित्त खास किसिमले बनेको सवारीको निमित्त यो बन्देज लागू नहुने व्यवस्था छ।

 

 

 

 

 

 

 

 


Post a Comment

Previous Post Next Post