१. सामुदायिक वन उपभोक्ता समितिको गठन गर्दा कसरी गर्नु पर्दछ ?
- साधारण सभाबाट ।
२. सामुदायिक वन उपभोक्ता समितिमा कति प्रतिशत महिलाको अनिवार्य समावेश गर्नुपर्छ ?
> ५० प्रतिशत
३. कुनै सामुदायिक वन हस्तान्तरण गर्नु पूर्व प्रस्तावित सामुदायिक सिमाना सर्वेक्षणका लागि कुन नक्सालाई आधार बनाउनु पर्दछ ?> नापी कार्यालयबाट प्राप्त नक्सालाई
४. सामुदायिक वनको कार्ययोजनाको अवधि कति वर्षको हुन्छ ?
> ५ देखि १० वर्ष
५. सामुदायिक वनको कार्ययोजना कसले तयार गर्दछ ?
>उपभोक्ता समुहले
६. सामुदायिक वनको कार्ययोजना कसले स्वीकृत गर्दछ ?
> जिल्ला वन अधिकृतले
७. वन संम्वर्द्धन भनेको के हो ?
> झाडी सफाई र खाली ठाउँमा वृक्षरोपण गर्ने ।
> सम्वृद्धी वृक्षारोपन गर्ने ।
> प्राकृतिक पुर्नस्थापनको व्यवस्थापन गर्ने
> उपयुक्त वन सम्वर्द्धन प्रणाली
> वनको हैसियत सुधार गर्दै लैजाने ।
८. सामुदायिक वनको कार्य योजनामा उल्लेख गरिए अनुसार दिगो वन व्यवस्थापन गरी वन पैदावारको उत्पादनमा वृद्धि ल्याउन कुन कुन कार्य गर्नु पर्दछ ?
> वन संरक्षण
> वन सम्वर्दन
>वन पैदावार सदुपयोग
९. दिगो वन व्यवस्थापन भन्नाले के वुझ्नु हुन्छ ?
> वनलाई संरक्षण गर्दै समुहको आवश्यक्ता परिपुर्ति गर्नु साथै समुहलाई वढी भएको वन पैदावार समुह वाहिर विक्रि वितरण गर्दै वन वाट वार्षिक उत्पादन हुन सक्ने परिमाण मात्र सदुपयोग गर्ने र अन्तरपूस्ता समन्याय हुने गरि वन क्षेत्र को उपयोग तथा व्यवस्थापन गर्ने ।
१०. कस्तो प्रकारको अवस्थामा सामुदायिक वनको कार्ययोजना पुनरावलोकन तथा परिमार्जन गरिन्छ ?
> कार्यन्वयनको क्रममा कुनै समस्या उत्पन्न भएमा ।
> वन उपभोक्ता समुहका आवश्यक्ता तथा वन व्यवस्थापनको उद्देश्यमा परिवर्तन भई व्यवस्थापनका थप कार्य गर्नु पर्ने भएमा ।
> समुहको थप संस्थागत विकासको खाँचो महसुस भएमा ।
> मिति तथा कानुन संसोधन भएमा
> कार्य योजनाको अवधि समान्त भएमा
११. अवधि पुरा नहुँदै सामुदायिक वन कार्ययोजना कुनै विशेष परिस्थितिमा संशोधन गर्नु परेमा कसरी संशोधन प्रकृया अगाडी बढाउन सकिन्छ ?
> साधरण सभाको ५१ प्रतिशत भन्दा कम नहुने गरि बहुमतबाट पारित गराई
१२. परिमार्जित विधान तथा कार्य योजनाको अनुमोदन कसले गर्दछ ?
> साधारण सभाले
१३. साधारण सभाबाट पारित भएको विधान साधारण सभाको निर्णय सहित जानकारीको लागि कति दिनभित्र जिल्ला वन कार्यालयमा पेश गर्नु पर्दछ ?
» १५ दिन भित्र
१४. सामुदायिक वनमा संचालन गर्न सकिने कार्यक्रमहरु के के हुन ?
> वन संरक्षण कार्य
> वन विकास कार्य
> वन सम्वर्द्धन कार्य
> वन सदुपयोग कार्य
> आयमुलक कार्य
> भू-संरक्षण कार्य
> संस्थागत विकास कार्य
> तालीम तथा गोष्टी
> सामुदायिक विकास सम्वन्धी कार्य
१५.सामदायिक वनबाट स्वीकृत कार्ययोजना वमोजिम प्राप्त हुन आउने वन पैदावार 1 वन उपभोक्ता समुह भित्र कुन रुपमा विक्रि वितरण गर्नु पर्दछ ?
> समतामुलक रुपबाट
१६. सामुदायकि वन भित्र कुन बाली लगाउन पाईदैन ?
> अन्नवाली
१७. सामुदायिक वनभित्र कस्ता खालका वाली लगाउन पाईन्छ ?
> लामो समयसम्म एउटै वोटले उत्पादन दिन सकने खालका जस्तै अम्रिसो ,फलफुल र जडीवुटी आदि ।
१८. सामुदायिक वनभित्र रुख वा काठ काट्दा कति परिमाणमा काट्न पाईन्छ ?
> वन कार्य योजनामा उल्लेख भएको वार्षिक रुपमा कटान गर्न सकिने परिमाण भन्दा कम |
१९. यदि कार्ययोजना लागू भएको २ वर्षभित्र विशेष परिस्थिति परी कार्ययोजनाको परिमार्जन गर्नु पर्ने भएमा कसरी गर्नु पर्दछ ?
> साधारण सभाको बहुमतबाट पारित गराउनु पर्दछ ।
२०. सामुदायिक वनभित्र वन विकास कार्य बाहेक अन्य कुनै सार्वजनिक विकास निर्माणका कार्यहरु गर्नु परेमा कसको स्वीकृति लिनु पर्दछ ?
» नेपाल सरकारको
२१. वन विनाश रोक्न के गर्नु पर्छ ?
> वृक्षारोपण,
>आगलागी नियन्त्रण
> वैकल्पिक सम्पदाको प्रयोग
२२. कुनै उपभोक्ता समहले सामुदायिक वनको प्रमाण-पत्र हराएमा, च्यातिएमा वा नाश भएमा अर्को प्रमाण-पत्र लिन कति रुपैया तिर्नु पर्दछ ?
>रु २५
२३. सामुदायिक वन क्षेत्रको रुपमा हस्तान्तरण गरिएको सरकारी वन क्षेत्रको भूस्वामित्व कोसंग रहन्छ ?
> नेपाल सरकारसंग
२४. सामुदायिक वनको रुपमा हस्तान्तरण गरिएको सरकारी वनक्षेत्रको संरक्षण गर्ने दायित्व कस्को हुन्छ ?
» सम्बन्धित उपभोक्ता समूहको
२५. सामुदायिक वनको रुपमा हस्तान्तरण गरिएको वनको विकास संरक्षण, सम्बर्द्धनको लागि उपभोक्ता समूहले कहाँबाट प्राविधिक सहयोग र सल्लाह लिने गर्दछन् ?
> जिल्ला वन कार्यालयको वन प्रविधिक
> ईलाका वन कार्यालयका वन प्राविधिक .
> सेक्टर वन कायलयका वन प्राविधिक
> अन्य वन सगं सम्बन्धित सहयोगी संस्थाका प्राविधिक
२६. सामुदायिक वन समूहको विधान तथा कार्ययोजना तयार गर्दा उपभोक्ताको सम्पन्नताको स्तरीकरण गर्न पर्ने हुन्छ। सो स्तरीकरणमा विपन्न भनि पहिचान गर्ने आधारहरु के के हुन ?
> ज्याला गरी जीवन धान्ने ।
> परिवारमा अरु कमाउने मानिस नभएको ।
> निरक्षर ।
> सानो भत्किएको घर ।
> जग्गा विहिन।
>स्वास्थ्यको विग्रदो अवस्था, उपचार गर्नु असमर्थ ।
२७. नेपालले अन्तराष्ट्रिय वन वर्ष कहिले मनायो ?
> सन् २०११ मा
२८. वन डढेलो लाग्नका कारणहरु के के हुन् ?
> सुख्खा याममा वनको बाटो भएर हिँड्ने बटुवाले चुरोट खाएर ननिभाइ फाल्दा ।
> रातमा उज्यालोको लागि राँको वा अगुल्टो लिएर हिड्ने गर्नाले ।
> वनसंग जोडिएको खेतबारीमा सुकेको जिलौटा, झार, पतकर आदि बाल्दा फुत्किएर लागेको डढेलो।
> विजुलीको नाङ्गो तार वन क्षेत्रमा हावा हुरीले हल्लाउदा ठक्कर खाई आँगो निस्कदा।
> विजुली चम्किएर वा चट्याङ पर्दा।
> गाँउ बस्तीमा आगलागी हुँदा वनसम्म पुग्ने।
> बालबच्चाहरु खेल्दा, सिक्दा वा रमाईलोको लागि सलाई, लाईटर बाल्दा ।
२९. वन डढेलो नियन्त्रणका उपायहरु के के हुन ?
> प्रत्येक क्षेत्रमा अग्नि नियन्त्रक टोलीलाई अग्नि नियन्त्रण साधन सहित तैनाथ गर्ने ।
> आगलागी हुने ठाँउ पहिचान गरी त्यस्तो ठाँउमा अग्लो भ्यू टावर बनाई रेखदेख गर्ने।
> हिलोमाटो, भिजेको वालुवा र नभएमा तुरुन्त खनेको चिसो माटो प्रयोग गर्ने ।
>हावाको दिशा, वेग, भिरालोपन र वनस्पतिको घनत्व समेतलाई आधार बनाई अग्नि रेखा निर्माण गर्नु पर्दछ ।
>डढेलो नियन्त्रण सम्बन्धि तालिम, गोष्ठी वा प्रचार प्रसारको व्यवस्था गर्नु पर्दछ ।
३०. जैविक विविधता भनेको के हो ?
है शाब्दिक अर्थमा विविधता भन्नाले जैविक-जीवित र विविधता भन्नाले भिन्नता वा अनेकता भन्ने बुझिन्छ । समग्रमा जैविक विविधता भन्नाले विभिन्न हावा पानी, धरातल, जलाशय, वनजंगल, खेतबारी र माटोमा पाईने समग्र जीवित प्राणी वनस्पति, सुक्ष्म जिवाणु, एवं तिनका जात, प्रकार, बंश र तिनीहरु बीचको भिन्नता र आदि कुराहरु पर्दछन। तर फराकिलो अर्थमा जैविक विविधता भन्नले तिनीहरुको आपसी सम्बन्ध एवं त्यस सम्बन्धी ज्ञानलाई समेत जनाउँदछ । यसको तीन तह हुन्छ ।
>पारिस्थिकीय प्रणाली विविधता
>प्रजातीय विविधता
> अनुवांशिक विविधता |
३१. जैविक विविधताको के महत्व छ ?
» सामाजिक मुल्य- अध्ययन, पर्यटन र सांस्कृतिक महत्व
» पारिस्थितिकीय सेवा- माटो, पानी संरक्षण, प्रदुषण नियन्त्रण, पारिस्थितिकीय पद्धति संभार ।
» आर्थिक महत्व- खाद्यान्न, सुरक्षा, औषधिजन्य सम्पदा, बंशाणु गुण, काष्ठजन्य वन पैदावार।
३२. नेपालमा सामाजिक, आर्थिक, प्राकृतिक, जलवायु परिवर्तन र द्धन्द्धको कारण जैविक विविधतामाथि चुनौतीहरु देखापरेका छन् ती चुनौतीहरु के के हुन ?
क) पारिस्थितिक पद्धातिमा असर :
> वन्यजन्तुको वासस्थान विनास र वनको हैसियत विग्रनु ।
> वन्यजन्तु चोरी, तस्करी, अति चरिचरन, अवैध काठ कटानी ।
> सिमसार क्षेत्रको अतिक्रमण, माछा अत्याधिक मार्नु, पानी प्रदुषण, मिचाहा वनस्पति बढनु, गेग्रान बढनु ।,
> कृषि जैविक विविधतामा हास। " जलवायु प्रदुषण र रैथानी प्रजाति नास ।
ख) प्रजाति नाश
> केही निश्चित प्रजाति मात्रको उपयोग र अत्याधिक दोहन ।
> बाह्य मिचाहा प्रजाति बढनु ।
> जलवायु प्रदुषणले रैथानी प्रजातिको बासस्थान परिवर्तन ।
ग) आनुवंशिक सम्पदाको नास
> स्थानीय जातका धानको नास
> खेती गरेको अन्नबाली र जडिबुटीको स्रोत हास
> रोग व्याधिको खतरा ।
३३. जैविक विविधता संरक्षणको उपायहरु के के हुन सक्छन् ?
क) सामाजिक आधार :
> जनचेतना बृद्धी।
> जनसहभागिता।
> दण्ड सजाय।
> पुरस्कार ।
> साँस्कृतिक मुल्य मान्यताको जर्गेना ।
ख) आर्थिक आधार :
» बैकल्पिक स्रोतको सुनिश्चितता।
> रोजगारीको व्यवस्था ।
> आर्थिक फाईदाको बाडफाड ।
> तालिम र शसक्तिकरण ।
ग) पारिस्थितिकीय आधार
> पारिस्थितिकीय प्रणाली बचाई राख्ने ।
> वन्यजन्तुको बासस्थान कायम राख्ने ।
> पारिस्थितिकीय प्रकृया कायम राख्ने ।
३४. जैविक विविधताको महत्व दिन प्रतिदिन बढिरहेको छ। यसका लागि सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धता जाहेर गरेको छ । ति के के हुन् ?
> जैविक विविधता महासन्धी सन् १९९२ मा हस्ताक्षर गरेको।
> जैविक विविधता रणनीति-२००२ स्वीकृत गरेको।
> नेपाल जैविक विविधता रणनीति कार्य योजना २०१४ - २०२० लागू भएको ।
> हरेक वर्ष मे-२२ का दिन अन्तराष्ट्रिय जैविक विविधता दिवस मनाउदै आएको ।
> सन् २०१० लाई अन्तराष्ट्रिय जैविक विविधता वर्षको रुपमा मनाएको।
३५. नेपालको जैविक विविधता संरक्षणमा चुनौतिहरु के के हुन् ? .
> द्रुतगतीमा जनसंख्या वृद्धि
> गरिवी र अशिक्षा
> राजनैतिक हस्तक्षेप
३६. पर्यापर्यटन भनेको के हो ?
> प्राकृतिक स्रोत साधन प्रयोग गरेको पर्यटन व्यवसाय
> जंगल सफारी, वर्डवाचिङ, राफटिङ, स्नोइङ, पर्वतारोहण
३७. प्रचलित वन ऐन कहिले बन्यो ?
> वि.सं.२०४९
३९. प्रचलित वन नियमावली कहिले बन्यो ?
> वि.सं.२०५१
३९. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन कहिले बन्यो ?
> वि.सं.२०२९
४०. जंगली भैसी नेपालको एक मात्र संरक्षण क्षेत्रमा पाईन्छ त्यो कुन क्षेत्र हो ?
> कोशी टप्पु
४१. निजी वन भनेको के हो ?
> निजी लालपुर्जा भएको जग्गाको वन
४२. कुन गोही प्रजाति राष्ट्रिय निकुञ्ज ऐन, २०२९ बमोजिम संरक्षित छन् ?
> घडियाल गोही |
४३. वातावरण संरक्षण ऐन २०५३ मा बनेको हो भने नियमावली कहिले बनेको हो ?
> वि.सं.२०५४
४४. बाघलाई मन पर्ने आहारा के हो ?
> चितल र साम्बर
४५. गिद्ध संरक्षण गर्नु के को लागि महत्वपूर्ण छ ?
> यी प्रकृतिका कुचीकार हुन्
> यी संरक्षण नहुदा अन्य रोगको महामारी बढ्छ
> गिद्ध थल प्राणीको अभिन्न अंग हो
४६. नेपालमा डाँफे मुनाल पाईने क्षेत्र कहाँ हो ?
> पहाडी क्षेत्रमा
४७. नेपालमा कृष्णसार कहाँ पाईन्छ ? '
> कृष्णसार संरक्षण क्षेत्र, खैरापूर वर्दिया
४८. कस्तरी मृगको वीणा भालेमा पाइन्छ कि पोथीमा ?
> भाले कस्तुरीमा
४९. नेपालमा एक सिंगे गैडा पाईने क्षेत्र कुन हो ?
> चितवन राष्ट्रिय निकुञ्ज
५०.. नेपालमा हिँउचितुवा पाईने राष्ट्रिय निकुञ्ज कुन हो ?
> शे फोकसुन्डो र सगरमाथा राष्ट्रिय निकुञ्ज
**Free Online Test Exam**
👉2nd Online Test Exam Free 👉1st Online Test Exam Free
